काठमाडौं । सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले हात पार्नुभएको छ । पच्चीस हजार अमेरिकी डलर पुरस्कार राशी रहेको यो पुरस्कार १८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्धे एक जनालाई दिने गरिन्छ । यो वर्ष पुरस्कारको लागि संसारभरबाट ६ हजार पाँच सय भन्दा बढि प्रतिस्पर्धीले भाग लिएका थिए ।
बिजेता सम्झनाको भोकमरी – एक इतिहास भिजन, जसले संसारलाइ सन् २०५० भित्र कसरी भोकमरीरहित बनाउन सकिन्छ भन्ने बिषयको परिकल्पना गर्दछ त्यहि सोचको लागि उहाँले यो पुरस्कार हात पार्न सफल हुनुभएको हो । संयुक्त राष्ट्र बिकस कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डल रहेको अवार्ड जुरीले चार चरण लगाएर सो पुरस्कारको बिजेता घोषणा गरेको हो ।
जुन देश ९ अथवा जुन जलबायु०मा जे सम्भब छ त्यसैको बृहत्तर उत्पादन गर्ने, महिलालाई बजार र उत्पादन संग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाल लाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन शहरको बजार ९ पैसा गाउँतिर डोर्याउने ० , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुकको जनताको जिबनमा विज्ञानको प्रयोग र विकाश कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भिजन भएको सोचपत्र, र अहिलेसम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाइ सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउछिन ।
सम्झना बिगत चारवर्ष देखि यिनै सोचमा आधारित भएर अनुशन्धान र प्रचारमा लागिपर्नुभएको छ । उहाँ हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत बागेनिगन विश्वविद्यालयमा कृषिमा स्नातकोत्तर गर्दैहुनहुन्छ ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...