युनिभर्सल अनलाईन टीभी, समाचारदाता
एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालको अपेनले संचालन गरेको अपेन किड्स गट ट्यालेन्ट सिजन १, २०७६ अति भब्यताका साथ सम्पन्न भएको छ । उपत्यका भित्रका ३० भन्दा बढी विद्यालयका करिब १००० भन्दा बिद्यार्थीहरुका बीच सम्पन्न भएको कार्यक्रम डिएभी स्कूल जावलाखेलको हलमा संचालन भएको थियो । अपेन प्रदेश ३ को मुख्य आयोजनामा संचालन भएको उक्त इभेन्टको अध्यक्ष अपेन प्रदेश ३ का अध्यक्ष कृष्ण के. बोहोरा, संयोजक अनुराधा श्रेष्ठ रहनुभएको थियो भने कार्यक्रमको परिकल्पना तथा व्यवस्थापन अपेन केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहाल तथा केन्द्रय समितिले गरेको थियो । प्रि स्कुलका बाल बालिकाको कला, क्षमता, प्रतिभा र सीपलाई आम अभिभावक तथा दर्शक माझ पुर्याउनु एउटा अति कठिन कार्य भएता पनि अपेनको संयोजनमा विद्यालयका शिक्षक शिक्षिकाले अभुतपुर्व रुपमा मेहनत गरी बाल बालिकाको प्रतिभा तिखार्ने यो कार्य नेपालमा सम्भवत पहिलो कदम रहेको भनी उपस्थित अतिथि एबं अभिभावकले मुक्त कण्ठले प्रसंसा गरे । यस प्रकारको इभेन्ट अव प्रदेश ३ मा निरन्तर रुपमा विभिन्न विधा र क्षेत्रगत रुपमा संचालन गर्दै लगिने प्रदेश ३ का अध्यक्ष कृष्ण के बोहराले जानकारी दिनुभयो । भने अपेनले देशब्यापी रुपमा रहेका करिव २००० भन्दा बढी प्रि स्कुल हरु र ५ लाख भन्दा बढी विद्यार्थी, अभिभावक तथा सरोकारबाला निकायलाई समेटेर सबै प्रादेशिक समितिहरुलाई अझ ससक्त बनाउदै लगिने र सदस्य संस्थाहरुको निरन्तर विकास गर्दै लगिने केन्द्रीय अध्यक्ष बद्री प्रसाद दहालले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
हाल यस संस्थामा ५०० भन्दा बढी प्रि स्कुलहरु आवद्ध भइसकेको र हरेक महिना ५० को संख्यामा सदस्यहरु थपिदै गएको जानकारी कार्यक्रम संयोजक अनुराधा श्रेष्ठले गराउनुभयो ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...