१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

शुन्दर काण्डको शुन्दर रचना सुनौ सुनौ लाग्ने :प्रस्तुति तुंगनाथ

शुन्दर काण्डको शुन्दर रचना सुनौ सुनौ लाग्ने :प्रस्तुति तुंगनाथ

२०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर(काण्ड (रामायण)’ को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ ।


‘सुन्दर(काण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेष को संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभरी छरीएर बसेका हामी नेपालीहरुलाई एकतामा बाँध्न सफल भयो र आज पनि हामी त्यही नेपाली भाषा गर्वका साथ बोली रहेका छौं । अत यो कार्यक्रम उनै आदिकवि भानुभक्त आचार्य प्रति समर्पित रहने छ । यही नेपाली भाषामा डुबुल्की मारेर ,गोता लगाएर, कैयौंले यसैलाई सुम्सुम्याएर ( कविता ,गीत, गÞजÞल , कथा ,काव्यादि लेखे ,गाए अनि अभिनय गरे ,समाचार पढ़े ती जम्मै जीवित अरुलाई मनोरंजन प्रदान गर्ने सर्जकहरुलाई जिउँदै रहँदा नै समर्पण का रुपमा शान्तिपूर्ण मनोरंजन गराउने जमर्को गरेको तुंगनाथले बताउनुभयो ।


उल्लेखनीय कुरा चाहीं के हो भने यसको प्रत्येक दुई श्लोक पछी लय परिवर्तन हुन्छ अनि निरन्तरता भंग नगरी अघी बड्छ । साधारणत रामायण भन्ने वित्तकै श्लोक हाँक्ने बुझिन्छ । तर यो रामायणको पारम्परिक पाठ अथवा वाचन् नभै संगीतमय गायन हो । यस पछाडिको चरमा दोस्रो खण्ड पनि चाँडैनै सार्वजनिक हुनेछ ।

भिडियो हेर्न तलको लिंकमा जानुहोस ।

Related News

जसले ९१ पटक रक्तदान गरे
जसले ९१ पटक रक्तदान गरे
  • २९ असार २०७६, आईतवार

विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१औँ पटक रक्त्तदान गरेका छन्। विराटनगर ट्राफिकचोकमा संगीता मेडिकल हल नामको औषधि पसल सञ्चालन गर्दै...

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
  • २९ असार २०७६, आईतवार

देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन...

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
  • २९ असार २०७६, आईतवार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा...

TOP