स्कुटर दुर्घटना हुँदा १ को ज्यान गयो

१ पुष २०७५, आईतवार

भरतपुर महानगरपालिका १४ बिरेन्द्र चोकमा गए राति ११. ३० बजे स्कुटर दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । शिवनगरबाट गीतानगरतर्फ आइरहेको स्कुटर अनियन्त्रण हुदा बिरेन्द्र चोकको कल्बटमा ठोकिएर ज्यान गएको हो ।  भरतपुर १४ निवासी बुध्हि बहादुर बिक अन्दाजी ४५ बर्षका ५२ प ६६५५ नम्बरको स्कुटर दुर्घटना हुदा ज्यान गएको हो । स्कुटर चालकले हेल्मेट नलगाएको कारणले ज्यान गएको गीतानगर चौकीले जानकारी दिएको हो ।