म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेकी छिन् ।
शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् ।
नोबेल पुरस्कार विजेतासमेत रहेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी हुन् ।
सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।
स्टेट काउन्सिलरको रुपमा सुकीको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि सन् २०१४ को जुनमा विपक्षी दलको नेताको रुपमा काठमाडौँ आएकी थिइन् ।
यता, क्याम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन पनि बिहिबार नै नेपाल आइपुग्दैछन् ।
नेपाल भ्रमणका क्रममा सुकी र सेनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...