११० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ । बसन्तपुरस्थित गद्दी बैठक २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
रेट्रोफिटिङ गरेर पुनिनिर्माण गरिएको गद्दी बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान उदघाटन गरे ।
विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा गद्दी बैठक निर्माण भएको थियो । त्यसलाई पुनर्निर्माण गर्दै पुरानै स्वरुपमा फर्काइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसमा अमेरिकी कन्सल्टेन्टले नै काम गरेको थियो ।
झण्डै डेढ वर्ष लगाएर गद्दि बैठकको पुनर्निर्माण गरिएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...