२ कार्तिक २०७८, मंगलवार
October 19, 2021, Tuesday

एकीकरण अघि दुवै पार्टी विघटन, आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने

एकीकरण अघि दुवै पार्टी विघटन, आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने

पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् ।

यसअघि पार्टी एकता संयोजन समितिको बैठकले निर्क्योल गरेअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण पछि बन्ने नेकपामा ९ सदस्यीय सचिवालय गठन गरिएको छ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट तीन जना रहनेछन् ।

एकीकृत पार्टीको उच्च इकाइ मानिएको सचिवालयमा दुई अध्यक्षको वरियता बराबरजस्तो रहने बनाइएको छ भने त्यसपछिको बरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् ।

बुधवार पार्टी एकताको अन्तिम टुंगो गरेका यी दुई दलले एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय र केन्द्रीय कमिटी ४४१ सदस्यीय रहने निर्णय गरेका छन्। साथै आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने भएको छ ।

Related News

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
  • ३ जेष्ठ २०७५, बिहीबार

न्यायको लागि शान्तीपूर्ण आवाज तथा दिप प्रज्वलन आज साझ माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन...

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
  • ३ जेष्ठ २०७५, बिहीबार

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको...

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • ३ जेष्ठ २०७५, बिहीबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

TOP