नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् ।
बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो ।
सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि मदन भण्डारी स्मृति दिवस हो । मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।
दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । लगतै अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।
सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।
एमाले र माओवादीले दशैंमा पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावबाट गठबन्धन मात्र नभई पार्टी एकता अनुमोदन भएको भन्दै दुई दलले ७ फागुनले पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्तबारे सातबुँदे सहमति पनि गरे ।
त्यो सहमतिअनुसार बनेको कार्यदलले बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएको छ ।
तर, बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।
यहीकारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । बरू सचिव सरुवादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय वार्ताहरुमा आफ्ना मन्त्रीहरुको सहभागिता नगराएको भन्दै माओवादी नेतृत्वले असन्तुष्टि जनायो ।
तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ । त्यसको संकेत गर्दै एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरसँग भने, ‘मैले दुबै अध्यक्षलाई सोधेँ, वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’
दुबै दलले बैठक बोलाए
पार्टी एकता घोषणा गर्नुअघि एमालेले भोलि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यो अन्तिम बैठक हुनेछ ।
माओवादीले पनि बैठक बोलाएको छ ।
एकीकृत पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका दुर्इ दलले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यो संख्या केही बढ्न सक्ने एमाले र माओवादी नेताहरुले बताएका छन् ।
Onlinekhabar
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...