१४ माघ २०७७, बुधबार
January 27, 2021, Wednesday

सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने ः मन्त्री महासेठ

सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाँके जिल्लाको समग्र विकाससँगै यस क्षेत्रका सडक तथा अन्य विकास निर्माणको कार्यले तीव्रता पाउने बताउनुभएको छ ।

नेकपा एमाले बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा पछि नहट्ने जिकिर गर्दै भन्नुभयो, “सिन्डिकेट अन्त्यपछि अब कार्ययोजना बनाएर यातायात सुधारका लागि मन्त्रालय अघि बढछ ।”

उहाँले वर्तमान सरकारको सपना तथा योजना पूरा गर्नका लागि सबैको सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

त्यस अवसरमा नेकपा एमाले बाँके जिल्लाका अध्यक्ष अशोक कोइरालाले बाँकेवासीका तर्फबाट जिल्लामा राप्ती नदी र मानखोलाको कटान नियन्त्रण, हुलाकी सडक निर्माणमा सक्रियता, राप्तीपारि क्षेत्रमा सडक र विद्युतीकरणसहित जिल्लामा सडक निर्माणको विषयमा ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो कार्य सम्पन्नका लागि माग गर्नुभएको थियो ।

Related News

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • १५ बैशाख २०७५, शनिबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
  • १५ बैशाख २०७५, शनिबार

यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • १५ बैशाख २०७५, शनिबार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

TOP