तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो ।
कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ । जिल्लामा रहेका २०६ वटा कूल सहकारीमध्ये ३४ वटा सहकारी प्रदेश कार्यालयअन्तर्गत परेका र बाँकी १७२ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख दिलशेन राईले जानकारी दिनुभयो ।
जिल्लाको म्याङ्लुङ नगरपालिकालाई ३० वटा, लालीगुराँस नगरपालिकालाई ३९ वटा, छथर गाउँपालिकालाई ४६ वटा, आठराई गाउँपालिकालाई १८ वटा, फेदाप गाउँपालिकालाई २६ वटा र मेन्छ्यायेम गाउँपालिकालाई १३ वटा सहकारी संस्था हस्तान्तरण गरिएका छन् ।
(रासस)
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
नेपाल समाजबादि काग्रेस ले आज आफ्नो केन्द्रिय कार्यलय मा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम मा समसामयिक राजनीतिमा आफ्नो...