माटो सुहाँउदो मन्टेश्वरी शिक्षा बिषयक अन्तरक्रिया अपेनद्धारा सम्पन्न

७ फाल्गुन २०७४, सोमबार

युनिभर्सल अनलाईन टीभी, समाचारदाता
एसोसिएसन अफ प्रि स्कूल एजुकेटर नेपाल, केन्द्रीय कार्यसमितिको आयोजनमा माटो सुहाउँदो मन्टेश्वरी शिक्षा बिषयक एक दिने कार्याशाला तथा अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । देशभरिका प्रि स्कुल संचालकहरु एक हौँ भन्ने विशेष सोचका साथ स्थापना भएको अपेनले देशको मुख्य सहरहरुमा कार्यक्रमलाई तीव्रता दिने क्रममा चितवनमा पहिलोपटक चितवन नवलपरासीका करिव १२० प्रि स्कूल संचालकहरुबीच अपेनको कार्यशाला तथा अन्तक्रिया सम्पन्न छ ।

विशेष गरेर नेपालको शिक्षा कम व्यवहारिक तथा सैद्धान्तिक बढीभएको आरोप लागिरहेका अवस्थामा तल्लो तहबाटनै शिक्षालाई व्यवहारिक तथा बस्तुपरक बनाउनका लागि देश व्यापी रुपमा यस प्रकारको वहस आधिकारिक रुपमा शुरु भएको हो ।
अपेन केन्द्रीय कार्यसमितिका अध्यक्ष बद्रीप्रसाद दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा महासचिव अभिषेक घिमिरेले सुहाउँदो पाठ्यक्रम, पाठ्यसामग्रीको बिषयमा तथा अपेन अध्यक्ष बद्रीप्रसाद दहाल ले नेपाली माटो, विधि, प्रकृया तथा समग्र मूल्यांकन प्रणालीमो बारेमा सीप, संस्कार र प्रविधि सहितको शिक्षाको खाका विशेष कार्यपत्रको रुपमा प्रस्तुत गर्नु भएको थियो ।
दुई जिल्लाका गरी जिल्ला भित्रका ५० भन्दा बढी मन्टेश्वरी बिद्यालयका १२० भन्दा बढी विद्यालय संचालकका, शिक्षक, सरोकारवाला, पत्रकार, समाजसेवी लगायत विशिष्ट अतिथिको उपस्थितिका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

मन्टेश्वरी तथा किन्डरगार्डेन स्कूलहरुको संचालन तथा व्यवस्थापनका लागि २० बुदे आचार संहिता जारी गर्दैै कार्यक्रम सम्पन्न भएको जानकारी स्थानीय प्रि स्कूल संचालक निर्मला सुवेदीले दिनुभयो ।