काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ।
भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नगरी आफैं बनाउने निर्णय गरेको नेपाली सेनाले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।
‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ’ पत्रकार सम्मेलनमा आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले भने।
लामो विवादपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले वैशाख २१ गते द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।
यो सँगै नेपाली सेनाले काठमाडौंलाई तराईसँग जोड्ने दूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा गति दिएको छ । अहिलेसम्म फिल्टमा ३३१ सैनिक परिचालन गरेको छ भने जंगल फडानी गर्न २०६ जना सैनिक खटाएको सेनाले जनाएको छ। फास्ट ट्रयाकमा पर्ने पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सकेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो। यस्तै बाटो निर्माणका लागि नेपाली सेनाद्वारा खरिद गरिएका हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरणहरु फिल्डमा पुर्याइएको उसले जानकारी दिएको छ।
setopati
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
नेपाल समाजबादि काग्रेस ले आज आफ्नो केन्द्रिय कार्यलय मा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम मा समसामयिक राजनीतिमा आफ्नो...