युथ पार्लियामेन्ट नेपालको आयोजनामा काठमाण्डौमा बिश्व युवा शान्ती सम्मेलनको औपचारीक उद्घाटन भएको छ । नेपाल पर्यटन बोर्डद्धारा प्रर्वधन तथा विभिन्न दुई दर्जन भन्दा बढी संघसंस्थाद्धारा सहयोग गरिएको कार्यक्रम आज राष्ट्रिय सभा गृह तथा भोली पर्यटन बोर्डमा भैरहेको छ ।
आजको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यधीस तथा पूर्व प्रधानमन्त्री खिलराज रेग्मीको उपस्थिती रहेको थियो । कार्यक्रममा इयूका नेपाल प्रतिनीधी भर्निका कोडी, बंगलादेशका राजदुत विनिता श्याम्स महानायक राजेश हमाल लगायतका विशिष्ठ व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका युवाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकार अर्यालले विभीन्न महत्वपूर्ण परियोजनामा सहकार्य गरेर शान्ती र समृद्धीका लागी यो सम्मेलन सार्थक सिद्धहुने धारणा राख्नुभयो । त्यसैगरी मुख्य अतिथि यो कार्यक्रम विश्व शान्तिका लागि कोशेढुङ्गो सावित हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भोली काठमाण्डौ घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुनेछ ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...