१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न

कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न

कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न

पौष २१, काठमाण्डौ, युनिभर्सल अनलाइन टीभी समाचारदाता
नेपालमा संभवत फरक र सिर्जनशील सोचका साथ संचालनमा रहेको कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा विशेष समाह्रोहका बीच सम्पन्न भएको छ । सहकारीको केन्द्रीय कार्यालय सिटीसी मल सुन्धाराको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

२५ लाख बाट शुरु भएको सहकारी संस्थामा हाल ६३ लाख भन्दा बढी शेयर संकलन भइसकेको र १ करोड ८२ लाख बराबरको ऋण लगानी भइसकेको जानकारी दिनु हुदै अध्यक्षले यस बर्षको अन्त्य सम्ममा ४०० जना शेयर सदस्यको लक्ष्य पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
साधारण सभामा उपध्यक्ष टेकबहादुर तामागं, शेयर व्यवसायी विजय रानाभाट, बरिष्ट ज्योतिष दिपेन्द्र घिमिरे, कृष्ण कुमार नेपाली लगायत संस्थाका ११५ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाले विशेष शेयर विस्तार नीति, प्रभावकारी कर्जा प्रवाह नीति, सामाजिक तथा शैक्षिक नीति, सुत्केरी सुविधा नीति, संस्थागत तथा वित्तीय अनुशाषन नीति, तालिम तथा भ्रमण नीति, पदाधिकारी परिचालन नीति, अनुशाषन प्रवर्धन नीति, कार्य सञ्चालन नीति, व्यापार प्रवर्धन नीति, कन्स्टिलेसन माइलेज कार्ड लगायतका प्रभावकारी कार्यक्रमहरु पारित गरेको छ ।


साथै सभाले २० वटा कार्यदलहरुको निर्माण गरी फरक फरक कार्यक्रमहरु एकैसाथ लागु गरिेने सहकारीका व्यवस्थापक लक्ष्मण अर्यालले जानकारी दिनुभयो भने आईटी र मेडियाको प्रभावकारी कार्यन्वयन गर्न आईटी संयोजक द्रोण पराजुलीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको व्यापारिक प्रवर्धनका लागि नयाँ बर्षको अवसर पारेर बैसाख १ र २ गते व्यापार मेला तथा व्यवसायिक भ्रमणको समेत घोषणा गरेको जानकारी संस्थाका वन डे वीथ कन्स्टिलेसनका संयोजक अशोक न्योपानेले गराउनु भयो । कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश श्रेष्ठले गर्नुभएको थियो ।

 

Related News

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • २२ पुष २०७४, शनिबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
  • २२ पुष २०७४, शनिबार

यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • २२ पुष २०७४, शनिबार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

TOP