९ बैशाख २०७८, बिहीबार
April 22, 2021, Thursday

शिक्षा अभियन्ता अभिषेक घिमिरेको बृहत राष्ट्रिय शिक्षा अभियान यस्तो छ

शिक्षा अभियन्ता अभिषेक घिमिरेको बृहत राष्ट्रिय शिक्षा अभियान यस्तो छ

२० पुस, काठमाण्डौ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ ।
देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस लाख भन्दा बढी विद्यार्थी, युवा, शिक्षक र अभिभावकलाई उत्प्रेरणा तथा जागरणसहितको तीन वर्षीय महाअभियानमा अभियन्ता घिमिरे होमिने भएका हुन् ।

शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शिक्षाको समुचित उद्येश्य प्राप्ति हुने भएकाले यी सबै पक्षलाई समेटिएको आयोजक समितिले जनाएको छ ।


शीप, संस्कार र प्रविधिसहितका तीन खम्बायुक्त शिक्षाको आवश्यकतालाई उजागर गर्दै संस्कारसहितको शिक्षा, शीपसहितको शिक्षा र प्रविधिसहितको शिक्षा जस्ता नारा र मुद्धा लिएर अभियान अघि बढ्नेछ ।

अभियानअन्तर्गत दैनिक कम्तिमा दुईओटा स्कुल र एक कलेजमा पुगेर विभिन्न विषयमा विद्यार्थीलाई सुन्दर अक्षर लेख्ने कला, नैतिक चरित्र निर्माण, विद्यालय तथा सडक सुरक्षा लगायतका विषयमा जानकारी तथा उत्प्रेरणा दिइने अभियन्ता घिमिरेले जानकारी दिए ।
त्यस्तै, साप्ताहिक र मासिक रुपमा हजारौंको सहभागितामा स्वरोजगार र उद्यमशीलताका लागि युवा उत्प्रेरणा, असल आमाबाबु तथा असल अभिभावक, शिक्षक उत्प्रेरणा जस्ता कार्यक्रम आयोजना गरिने छन् ।

त्यस्तै, प्रत्येक महिना शिक्षाविद, शिक्षाकर्मी, स्कुल प्रिन्सिपल, शिक्षा मन्त्रालय र शिक्षा विभागका पदाधिकारी, अभिभावक, विद्यार्थी, पत्रकारलगायत शिक्षासँंग सरोकार राख्ने सबैको उपस्थितिमा शिक्षाका नीति निर्माण, पाठ्यक्रमलगायत राष्ट्रिय शैक्षिक मुद्धामा अन्तरक्रिया तथा छलफल गरिनेछ ।

महाअभियानको यात्रामा भेटिएका अत्यन्त जीर्ण र पिछडिएका समुदायका बालबालिका पढ्ने कुनै पाँंच स्कुललाई नमूना विद्यालयका रुपमा विकास गरिने महाअभियानका अभियन्ता घिमिरेले बताए ।

Related News

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • २० पुष २०७४, बिहीबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
  • २० पुष २०७४, बिहीबार

यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • २० पुष २०७४, बिहीबार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

TOP