युनिभर्सल अनलाईन टीभी, सम्वाददाता
युथ पार्लियामेन्ट नेपालले विश्व शान्ति युवा सम्मेलन यही जनवरी १३ र १४ तारिकमा काठमाण्डौँमा गर्ने निर्णय संगै तयारी भव्यताका साथ गरिरहेको जानकारी गराएको छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा एक साथ सम्पन्न हुने उक्त सम्मेलन दुइ दिन सम्म चल्नेछ । विश्वका ६० भन्दा बढी देशका १७० भन्दा बढी प्रतिनिधिको उपस्थिति हुने अपेक्षा गरिएको यस सम्मेलनको बहुआयामिक संयोजन युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याल तथा उहाँको कार्यसमितिले द्रुत रुपमा गरिरहेको छ ।
यस सम्मेलनमा नेपाल स्थित अधिकांश कुटनीतिक नियोगका प्रतिनिधिहरु, सार्क राष्ट्र प्रतिनिधिहरु, राजदुतहरु, विकाश साजेदार संंस्थाहरु, अन्तराष्ट्रिय गैसस, संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारका प्रमुख व्यक्तित्वहरुले सम्वोधन गर्ने कार्यक्रमरहेको छ ।
सम्मेलनलाई विश्व भातृत्व, अन्तराष्ट्रिस सहसम्वन्ध, युवा विकासका साझा पहलकदमी, नेपालको सकारात्मक प्रवर्धन, शान्ति र शुरक्षा प्रत्याभूति तथा प्रवर्धन, अनि समृद्धि र विकासका प्रमुख एजेन्डामा ऐक्यबद्धता र विशेष गरी जलविद्युत्, कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधि लगायतका परियोजना प्रस्तुत तथा कार्यन्वयन लागि पहलगर्ने विशेष उद्धेश्यका साथ आयोजना भएको यस सम्मेलनले विशेष उपलब्धी हासिल गर्ने कुरामा विश्वस्त हुनुहुन्छ संस्थाका अध्यक्ष अर्याल ।
१४ जनवरी का दिन काठमाण्डौँ घोषणापत्र जारी गर्दै सम्पन्न हुने सम्मेलनमा दाता बैठक, फरक ६ वटा विषयमा कार्यपत्र प्रस्तुत तथा पारित, बृहद् सांस्कृतिक कार्यक्रम, अवार्ड वितरण लगायतका कार्यक्रमको तालिका रहेका आयोजकले बताएको छ ।
आयोजक संस्थाले सम्मेलनलाई सफल पार्न सहयोगी एवं सवै सरोकारवाला संस्था, नेपाल सरकार, नागरिक समाज, राजनैतिक पार्टी, समाजसेवी, व्यवसायी, विकास साजेदार संस्थाहरु, कुटनीतिक नियोगहरु, पत्रकार, संचारगृह, बुद्धिजीविहरु सवैमा सहयोग र सद्भावको अपिल समेत गरेको छ ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...