पुस १६, २०७४
माग बढ्दै गएपछि रुपन्देहीमा च्याउ खेती गर्ने किसानहरु बढ्दै गएका छन् । जति उत्पादन गरेपनि बिक्री हुने, छिटो र नगद आम्दानी हुने भएकाले च्याउ खेतीमा किसानको आकर्षण बढेको हो । बुटवल भैरहवा लगायतका क्षेत्रमा ठुला –ठुला होटल रेण्टुरेण्ट बन्नु, तिनमा बढी भन्दा बढी च्याउको माग हुनुले पनि किसानहरु समेत च्याउ खेती गर्न हौसिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देहीका करिव ३ सय किसानले व्यवसायिक खेती गरेका छन् भने घरयसी प्रयोजनका लागि खेतीगर्ने १० हजार बढी छन् ।
गतवर्ष व्यवसायिक किसानले १ सय १२ मेट्रिक टन च्याउ उत्पादन गरेको कृषि कार्यालयका प्रमुख भोजराज सापकोटाले बताउनुभयो । देवदह, रोहिणी, करहीया, पर्रोहा, तिलोत्तमा बुटवल उपमहानगरपालिका लगायतका क्षेत्रमापकेट क्षेत्रका रुपमाच्याउ खेती भएको छ । रुपन्देहीमा करिब १० वर्ष अघिबाट व्यावसायिक च्याउ खेतीे सुरु भएको हो ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...