युनिभर्सल अनलाइन टीभी सम्वाददाता
अनेसासको नेपालको आयोजनामा मुर्धन्य स्रस्टा निर्मलकुमार रिमालका दुई कृतिहरु एकैसाथ विमोचित
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको संयोजकत्वमा मुर्धन्य स्रस्टा निर्मलकुमार रिमालका ऐतिहासिक दुई कृतिहरु ऋाज नवीन कला मन्दिर कालिकास्थानमा एकै साथ लोकार्पण भएका छन् ।
हिन्दी काव्य निर्मल निर्झर भावना संग्रह र आत्म चिन्तन कविता संग्रह विमोचित भएका हुन् । विक्रम सम्वत १९९३ साल काठमाण्डौको कालिकास्थानमा जन्मिएर हाल बुढानिलकण्ठ बसोबास गरिरहनुभएका रिमाल नेपालका बरिष्ठ अनि प्राज्ञिक लेखकको रुपमा चिनिनुहुन्छ ।
दुई दर्जन भन्दा बढी कृतिका रचयिता रिमाल स्वयम् भने स्वास्थ्य अवस्थाको कारण कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति विष्णुविभु घिमिरेको विशेष उपस्थिति थियो भने अतिथिहरुमा त्रिभुवन विश्व विद्यालय हिन्दी विभाग प्रमुख स्वेता दिप्ती, प्राज्ञ अमर गिरी साथै लेखकका दाजु अर्विन्द रिमाल लगायत २०० भन्दा मुर्धन्य स्रस्टा सर्जकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई डा. रेणु थापाले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन अनि प्रकाशनको संयोजन भरत विक्रम ढकालले गर्नुभएको थियो ।
प्रमुख अथितिको तर्फबाट मन्तव्य दिनुहुदै डा. विष्णुविभू घिमिरेले रिमाल नेपालका उच्च कोटीका साहित्यकारहरुको श्रेणीमा अटाउने नेपाली, अग्रेंजी तथा हिन्दी तीनवटै भाषाका ज्ञाता अनि व्याख्याता हुनाको नाताले एक विलक्षण र बहुआयामिक प्रतिभाका धनीको रुपमा चित्रित गर्दै लेखकका कृतिहरुको सफलताको कामना समेत गनुभयो ।
कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरका अध्यक्ष एवम् केन्द्रीय बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...