१४ मंसिर, काठमाडौं । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोपछि स्पेनिस लिगमा व्यवसायिक फुटबल खेलिरहेका रियल मड्रिडका क्रोएशियाली स्टार लुका मोड्रिकबिरूद्द पनि कर छलीको आरोप लागेको छ ।
स्पेनिस अभियोजकहरुले सन् २०१३ र २०१४ मा मोड्रिकले ८ लाख ७० हजार भन्दा बढी रकम कर छलेको अराोपसहित मुद्दा दायर गरेको छ ।
अभियोजन पक्षले एक महिना अघि नै जानकारी गराएका थिए कि उनीहरुले इल्स अफ म्यानमा मोड्रिकको बित्तीय स्थितिबारे जानकारी पाएका थिए । र त्यसमा उनले कानूनतः कर तिरेको भेटिएको थिएन ।
करछलीको मुद्धामा मोड्रिककी पत्नी भाज्दालाई पनि बिपक्षी बनाइएको छ । इंग्लिस क्लव टोटनहृयामबाट अनुबन्धित भएका मोड्रिक पाँच वर्षदेखि रियल मड्रिडका लागि खेलिरहेका छन् ।
मड्रिडकै लेफ्ट ब्याक मार्सेलो करछलीको मुद्दामा अदालतमा उपस्थित भएको एक दिनपछि मोड्रिकबिरुद्ध मुद्दा दायर गरिएको हो ।
ब्राजिली स्टार मार्सेलोलाई ४ लाख ९० हजार युरो कर छलीको मुद्दा लगाइएको छ ।
गत वर्ष बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सी र उनका पितालाई कर छलीको मुद्दामा दोषी ठहर्याउँदै स्पेनिस अदालतले ४.३ मिलियन पाउण्ड जरीवाना सुनाएको थियो ।
क्रिष्टियानो रोनाल्डो, रिकार्डो कार्भाल्हो, एन्जेल डी मारिया, जाभियर मास्केरानो, रामाडेल फाल्काओ र फावियो कोएन्ट्राओ पनि कर छलीको मुद्दामा अनुसन्धानमा परेका थिए ।
चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता...
लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी...
फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच...