पोर्चुगाल स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार कीर्तिमान बराबर गर्दै उत्कृष्ट फुटबल खेलाडीका रूपमा पाँचौंपल्ट बेलन डे’अर अवार्ड जितेका छन् । रियल म्याड्रिड फरवार्डले यस उपलब्धिसँगै पाँचौं पल्ट बेलन डे’अर जितेका बार्सिलोनाका अर्जेन्टिनी लियोनल मेसीको बराबरी गरेका हुन् ।
यसपल्टको अवार्डमा मेसी दोस्रो तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार तेस्रो स्थानमा रहे । रियलले गत सिजन ३२ वर्षीय रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतले युरोपेली च्याम्पियन्स लिगमा उपाधिको सफलतापूर्वक रक्षा गरेको थियो । यस्तै रियल पाँच वर्षको अन्तरमा पहिलो पल्ट स्पेनी ला लिगा जित्न पनि सफल भएको थियो । ‘निश्चित रूपमा म खुसी छु, प्रत्येक वर्ष यस्तै होस भन्ने इच्छा पनि छ,’आइफल टावरमा आयोजित कार्यक्रममा रोनाल्डोले भने, ‘गत सिजन रियलले जितेको दुई उपाधिका कारण यो अवार्ड सम्भव भएको हो, त्यसैले म क्लबका साथी खेलाडीलाई यसका लागि धन्यवाद दिन चाहन्छु ।’ रोनाल्डोले फिफाबाट दिइने उत्कृष्ट फुटबल खेलाडीको उपाधि पनि जितिसकका छन् ।
चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता...
लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी...
फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच...