१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

मादी नदीमा कायाकिङ प्रतियोगिता हुने

मादी नदीमा कायाकिङ प्रतियोगिता हुने

१२ मंसिर, पोखरा । कास्कीको मादी नदीमा कायाकिङ प्रतियोगिता हुने भएको छ । कास्कीको विरेठाँटीस्थित मोदी नदीको करिव ३ सय मिटर क्षेत्रमा प्रतियोगिता हुन लागेको हो ।

 

नेपाल कायक एण्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको सयुक्त आयोजनामा मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगीतामा देश तथा विदेशका करिब ४० खेलाडीले सहभागी जनाउनेछन् ।

एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल बिधामा पर्छ । प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

नेपालमा कायाकिङ गर्न मिल्ने धेरै नदी भए पनि प्रवर्द्धन हुन नसक्दा पर्यटकमा अकर्षण हुन नसकेको विरेठाँटी क्यानोनिङका सञ्चालक विजय गुृरुङले बताए ।

साहसिक खेलका लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गरेका छन् । तर, सुरक्षित स्थानको पहिचान हुन नसक्दा यस्ता खेललाई प्रवर्धन गर्न सकिएको छैन । वीरेठाँटीमा गत असोजदेखि कायकिङ खेलाउन सुरु गरिएको हो ।

Related News

चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै
चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै
  • १४ मंसिर २०७४, बिहीबार

चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता...

हामीलाई ठूलो राहत मिल्योः मेस्सी
हामीलाई ठूलो राहत मिल्योः मेस्सी
  • १४ मंसिर २०७४, बिहीबार

लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी...

कसले जित्ला गोल्डेन बुट ?
कसले जित्ला गोल्डेन बुट ?
  • १४ मंसिर २०७४, बिहीबार

फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच...

TOP