यस वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता सोमबारदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । मेलबर्न पार्कमा हुने प्रतियोगिता २८ तारिखसम्म चल्नेछ ।
प्रतियोगितामा यसवर्ष राफेल नाडाल, रोजर फेडेरर, ग्रेगर डिमिट्रोभ, स्टान वावरिक्का, नोभाक जोकोभिचलगायत उत्कृष्ट पुरुष खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् भने सिमोना हेलेप, क्यारोलिन वाज्नियाकी, भेनस विलियम्सलगायत महिला खेलाडीहरु समेत प्रतिस्पर्धामा उत्रिएका छन् । भर्खरै आमा बनेकी गत वर्षकी च्याम्पियन सेरेना विलियम्स भने यसवर्ष प्रतियोगितामा सहभागी नहुने भएकी छिन् । त्यस्तै कम्मरको चोटका कारण एण्डी मुरे र नाडीको चोटका कारण केइ निसिकोरीलगायतका केही चर्चित खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुने छैनन् ।
१०६औं अस्ट्रेलियन ओपन संस्करणको रुपमा हुन लागेको प्रतियोगिताको लागत ५५ मिलियन डलर तोकिएको छ । प्रतियोगिता लागत गतवर्ष भन्दा १० प्रतिशतले वृद्धि गरिएको हो ।
प्रतियोगितामा उत्कृट खेलाडीले पुरस्कारस्वरुप ४० लाख डलर र उपविजेताले २० लाख डलर पाउनेछन् । यसैगरी डबल प्रतियोगितातर्फका विजेताले ७ लाख ५० हजार डलर र उपविजेताले ३ लाख ७५ हजार पाउनेछन् भने मिक्सड डबलका विजेताले १ लाख ६० हजार र उपविजेताले ८० हजार डलर पुरस्कार स्वरुप पाउने आयोजकले जनाएको छ ।
चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता...
लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी...
फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच...