१४ माघ २०७७, बुधबार
January 27, 2021, Wednesday

कब्जियत हटाउन के खाने ?

कब्जियत हटाउन के खाने ?

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा खानमा जोड दिनुपर्छ ः

रेसायुक्त खाना
गहुँ, मकै, बोक्रासहितको आलु, हाडेबदाम, तरकारी, जौजस्ता रेसायुक्त खाना बढी खानाले कब्जियतको समस्या कम हुन्छ । रेसायुक्त खानाले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

गेडागुडी
गेडागुडीमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा हुन्छन् । दिनहुँ यस्ता खानेकुरा खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ ।

मह
बिहान मनतातो पानीमा मह र कागतीको रस मिसाएर खाने गर्नाले कब्जियतको समस्या कम हुन्छ ।

कागती
कागतीमा सिट्रस एसिडको मात्रा उच्च हुन्छ, जसले आन्द्रामा जम्मा भएका फोहोरलाई निकास गराउन मद्दत गर्छ । खाना, पेय आदिमा कागती दिनहुँ खाने गर्नु कब्जियतको समस्या भएकाका लागि लाभदायक हुन्छ ।

योग
पेट, आन्द्रा, कलेजोलगायत शरीरका भाग तन्किने खालका योगासन गर्नाले पनि कब्जियतको समस्या कम हुन्छ । विशेषज्ञबाट उपयुक्त योगासनबारे परामर्श लिई दिनहुँ योग गर्नाले दिसा खलास नहुने समस्याबाट क्रमशः मुक्ति पाउँदै गइन्छ ।

पानी
कब्जियतको समस्या कम गर्ने अचुक उपायमध्ये पानी एक हो । कब्जियत भएकाहरूले सामान्य मानिसले भन्दा बढी पानी खानुपर्छ । यसले आन्द्रा, पेट आदिलाई सफा राख्छ । पानीको सट्टा सोडा, कोल्ड ड्रिंक्स आदि खाने बानी बसाल्नु भने हुँदैन ।

फलफूल र तरकारी
ताजा फलफूल र तरकारीमा भिटामिन, खनिज र फाइबर प्रशस्त मात्रामा पाइन्छन् । साथै फलफूल र तरकारी बढी खाने गर्नाले पानीको ‘इन्टेक’ पनि बढ्न पुग्छ । कब्जियत भएकाहरूले  फलफूल र तरकारी बढी मात्रामा खानुपर्छ ।

Related News

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • १४ मंसिर २०७४, बिहीबार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
  • १४ मंसिर २०७४, बिहीबार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...

गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
  • १४ मंसिर २०७४, बिहीबार

विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका...

TOP