नाग पंचमी र जनैपुर्णिमा एकैपटक एक ऐतिहासिक संयोग कसरी ,(संकलन)


नाग पंचमी र जनैपुर्णिमा एकैपटक एक ऐतिहासिक संयोग कसरी (संकलन) 
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
 शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषतस्।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत् ।।  
घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने जनविश्वास छ । बराहपुराणमा उल्लेख भएअनुसारसाउन शुक्ल पञ्चमीा ब्रहृमाको नागराजसँग संवाद भएकाले नागपूजाका लागि प्रसिद्ध भएको हो ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख छ 
जिल्लाको सदरमुकाम तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा शुक्रबार नाग देवताको पूजाआजा गरिएको छ । नागपञ्चमीका दिन मन्दिर परिसर सर्पलाई दूध, लावा, अक्षता, अबिर, चन्दन र फूल चढाएर पूजाआजा गरिएको थियो । नागपञ्चमीका दिन सर्पको पूजाआजा गरेमा नागबाट जोगिने र घर परिवार सुरक्षित हुने जनविश्वास छ । 
काठमाडौँस् तिथिमिति अनुसार आज साउन शुक्ल पञ्चमी नागपञ्चमी हो। तर, साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पनि आजै मनाइएको छ। २७ वर्षपछि नागपञ्चमीका दिन जनै फर्ने संयोग परेको हो। 

साउन शुक्ल पूर्णिका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले साउन शुक्ल पञ्चमी ९नागपञ्चमी०का दिन नै रक्षाबन्धन र नयाँ जनै फेरिएको हो। देवालय तथा मठ मन्दिरमा पुगेर सर्वसाधरणले जनै फेरेका छन्।

नेपाल पञ्चाङ्ग निर्णयक समितिले चन्द्रग्रहण परेकाले नागपञ्चमीका दिन नै ऋषितर्पणी, रक्षाबन्धन र सवै उपकर्मका लागि उपयुक्त तिथि रहेको जनाएको छ।

समितिले यसअघि पनि बि।सं। १९६३, १९८२, २०२८ र २०४७ मा जनैपूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन नै नयाँ जनै फेर्ने, रक्षाबन्धन गर्ने उपकर्म गरिएको जनाएको छ।

जनै फेर्नका लागि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति थियो। भक्तजनको उपस्थिति तस्बिरमा हेर्नुहोस्।
येन बद्धो बलि रजा दानवेन्द्रो महाबल 
तें तवाम रक्षबध्नामी रक्ष माचल्माचल