१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

बेलायती राजकुमार ह्यारीले लिए ओबामाको अन्तरवार्ता

बेलायती राजकुमार ह्यारीले लिए ओबामाको अन्तरवार्ता

बेलायत । बेलायतका राजकुमार ह्यारीले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको अन्तरवार्ता लिएका छन् ।

उनले गत सेप्टेम्बरमा टोरन्टोमा लिएको सो अन्तरवार्ता बीबीसी रेडियो ४ बाट डिसेम्बर २७ मा प्रशारण हुनेछ ।

आइतबार उक्त अन्तरवार्ताको टिजर रिलिज गरिएको छ, जसमा यी दुईको लामो समयदेखिको मित्रता खुलेर प्रकट भएको छ । उनीहरुले ख्यालठट्टा गरिरहेको तथा ह्यारीले सम्पादकीय प्रक्रियाबारे बुझाइरहेको टिजरमा देखिन्छ ।

ह्यारीले गेस्ट एडिटरको हैसियतमा अन्तरवार्ता लिएका हुन् ।

‘के मैले ब्रिटिस उच्चारण गर्नुपर्छ ?’ ओबामाले मुस्काउँदै ह्यारीलाई सोध्छन् ।

‘पर्दैन, पर्दैन,’ ह्यारीले तत्कालै भन्छन् । तर, उनले जवाफ दिँदा बीचमा लामो ग्याप नराख्न ओबामालाई सचेत गराउँछन् ।

केन्सिङ्टोन प्यालेसले भनेको छ कि यो वार्ता ओबामा र ह्यारीको युवा नेताहरुको अर्को पुस्ताका लागि प्लेटफर्म निर्माण गर्ने साझा अभिरुचीमा केन्द्रित छ ।

ओबामाले आफूले राष्ट्रपति कार्यालय छोड्दाको घटना स्मरण गरेका छन् र त्यसपछिको ओबामा फाउन्डेसनमार्फत गरिरहेको कामबारे ब्याख्या गरेका छन् ।

ह्यारी र ओबामा धेरै वर्षदेखिका साथी हुन् । ओभल अफिस छाडेयता ओबामाले ह्यारीलाई पटक–पटक भेटिसकेका छन् । गत मेमा यूरोप भ्रमणमा जाने क्रममा उनी केन्सिङ्टोन प्यालेसमा एक रात बिताएका थिए ।

२७ डिसेम्बरको प्रशारणका अतिरिक्त यो अन्तरवार्ता पोडकास्टका रुपमा पनि रिलिज गरिने केन्सिङ्टोन प्यालेसले जनाएको छ ।

Related News

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • ४ पुष २०७४, मंगलवार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको  कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
  • ४ पुष २०७४, मंगलवार

कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • ४ पुष २०७४, मंगलवार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP