१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?

चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?

चिसो बढ्दैछ । यस्तो अवस्थामा नवजात शिशुलाई कसरी जोगाउने ? आमाबुवाको लागि टाउको दुखाईको विषय हुनसक्छ । किनभने जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ । यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ ।

शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर समस्या आउन सक्ने हुन्छ । रुँघा लाग्ने, निमोनिया लाग्ने समस्या हुन्छ ।

चिसोमा बच्चाले धेरै पटक पिसाव फेर्छन् । पेट पनि बिग्रन सक्छ । दिसा गरिरहनसक्छ । त्यसैले बच्चाको कपडा समय-समयमा बदल्नुपर्छ । न्यानो कपडाले लपेटेर उचित समयमा हेरिविचार गरिरहनुपर्छ ।

यद्यपी त्यतीले मात्र पुग्दैन । बच्चालाई जाडो मौसममा प्राकृतिक रुपमै न्यानो राख्ने केहि काइदा छन् ।

– तोरीको तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिनुपर्छ । मसाज गरेपछि विहानको घाममा शरीर न्यानो बनाउन दिनुपर्छ । यो प्रयोग नियमित रुपले गरौं । शिशुलाई चिसो लाग्दैन, निमोनियाको भय हुँदैन ।

– यसबेला शिशुको छाला सुख्खा हुन्छ । यस्तोमा जैतुनको तेलले मालिस गर्नुपनि लाभदायक हुन्छ । यसले रक्तप्रवाह हुन्छ । साथै शिशुको प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

– मसाज गरेको समयमा बच्चालाई न्यानो र आरमदयक स्थानमा राख्नुपर्छ । मासिल गरिसकेपछि नुहाइदिनुपर्छ ।

– यसबेला शिशुको छाला नमर हुन्छ, त्यसैले साबुन ग्लिसरिनयुक्त हुनुपर्छ ।

– यदि धेरै जाडो भएको समयमा सफा कपडा भिजाएर निचोर्ने । उ्क्त कपडाले शिशुको शरीर राम्ररी पुछिदिने गरौं ।

– यो सिजनमा शिशुलाई कपडाको एलर्जी हुनसक्छ । उनीहरुलाई ऊनी कपडाको साटो सूती कपडा लगाइदिनुपर्छ ।

– राती सुत्ने समयमा तुलसीको रस शिशुको नाक र तालुमा लगाइदिनुपर्छ । तुलसीको रसले चिसो लाग्दैन । तुलसीको रसमा थोरै मह मिसाएर चटाउन सकिन्छ ।

– विहान शिशुलाई मह चटाउनुपर्छ । यस प्रयोगले शिशुलाई चिसोको प्रकोप हुँदैन ।

– शिशुलाई नुहाउन अघि हातमा मह लगाएर त्यसमा कागतीको रस निकालेर छातीमा लगाइदिनुपर्छ ।

– नवजात शिशु सुत्ने स्थान आसपासमा एउटा प्याज कुटेर राखिदिनुपर्छ । यो प्याजको गन्ध वायुमण्डमा मिसिएर चिसोको असर कम गर्छ ।

– जुन कोठामा शिशुलाई सुताइन्छ, त्यहाँको झ्याल बन्द गर्नु हुँदैन ।

– झ्याल खोलेर त्यहाँ तुलसीको बोट राख्नुपर्छ । त्यसको छेउछाउमा ताजा कागती बाँधेर राख्नुपर्छ । यसले नवजात शिशुलाई चिसोको प्रकोपबाट बचाउँछ ।

– कहिले कहिं मनतातो पानीमा नीमको पात मिसाएर त्यसले शिशुलाई स्पन्ज गर्ने ।

– चिसोबाट शिशुलाई बचाउनका लागि उसलाई खुब हँसाइराख्नुपर्छ । यदि रुँदैछ भने पनि केहि समय चुप रहन नदिने । चिसोबाट बचाउने यो एक किसिमको प्राणायाम हो ।

– यदि शिशु दिनभर चुप रहन्छ भने चिसो लाग्न सक्छ । चुपचाप रहने शिशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

अन्य टिप्स

– पहिलो चार महिनासम्म बच्चालाई केवल आमाको स्तनपान गराउनुपर्छ ।

– पाँचौ महिनादेखि उम्लिएको पानी चिसो बनाएर चम्चाले पिलाउनुपर्छ ।

– कुनैपनि उमेरमा बोत्तलबाट बच्चालाई कुनैपनि पेय पिलाउनु राम्रो होइन ।

– त्यसपछि विस्तारै विस्तारै ठोस पदार्थ सामेल गर्नुपर्छ ।

– छैठौं महिनामा केरा र दुध मिसाएर दिनमा एक पटक दिन सकिन्छ । साथसाथै स्याउ, मेवा पनि दिन सकिन्छ ।

– सप्ताहमा एक पटक राम्ररी पकाएको सब्जीमा अभ्यस्त गराउनुपर्छ ।

– सातदेखि आठौं महिनादेखि दाल वा खिचडी राम्ररी पकाएर दिनमा चार चम्चा जति दिन सकिन्छ ।

– नवौं महिनादेखि गाई वा भैंसीको दुध गिलासमा हालेर दिन सकिन्छ ।

– आमाको दुध जहिलेसम्म पिउँछ, त्यसबेलासम्म जारी राख्नुपर्छ ।

– एक बर्षपछि सन्तुलित वा पूर्ण आहार दिनुपर्छ ।

– जाडोमा डाइपरको बढी आवश्यक्ता हुन्छ । किनभने चिसोले गर्दा उनीहरु छिनछिनमा पिसाव फेरिरहन्छन् । त्यसैले डाइपर कस्तो अवस्थामा छ भनेर बेला बेला हेर्नुपर्छ ।

जाडोमा के समस्या हुनसक्छ ?

– सामान्य ज्वरो

– निमोनिया

– ब्रोन्काइटिस

– कानको संक्रमण

– मस्तिष्क ज्वरो

– भाइरल फिवर

कतिबेला चिकित्सककहाँ लाने ?

धेरै ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा, आमाको दुध चुस्न छाडेमा, अत्याधिक सुस्त देखिएमा चिकित्सककहाँ लानुपर्छ ।

Related News

जसले ९१ पटक रक्तदान गरे
जसले ९१ पटक रक्तदान गरे
  • ६ पुष २०७४, बिहीबार

विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१औँ पटक रक्त्तदान गरेका छन्। विराटनगर ट्राफिकचोकमा संगीता मेडिकल हल नामको औषधि पसल सञ्चालन गर्दै...

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • ६ पुष २०७४, बिहीबार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
  • ६ पुष २०७४, बिहीबार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...

TOP