१६ श्रावण २०७८, शनिबार
July 31, 2021, Saturday

जाडोमा नियमित पिउनुपर्छ यस्तो मिश्रण, अनेक रोगबाट मिल्छ छुटकारा

जाडोमा नियमित पिउनुपर्छ यस्तो मिश्रण, अनेक रोगबाट मिल्छ छुटकारा

जाडोमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या आउन सक्छ । रुँघा, खोकी, जोर्नी दुख्ने, उच्च रक्तचाप जस्ता समस्याले सताउन सक्छ । यस्तो अवस्थामा के गर्ने ?

सजिलो उपाय हो, सख्खर र दुधको सेवन । दुध, जो हाम्रो भान्सामा नियमित हुन्छ । सख्खर पनि सहजै उपलब्ध हुन्छ । अब तातो दुधमा सख्खर घोलेर सेवन गर्नुपर्छ, जाडोको समस्याबाट मुक्ती मिल्छ ।

सख्खर खासमा आइरनको स्रोत हो । चिनीको ठाउँमा समेत कतिले यसको सेवन गर्छन् । चिनी जस्तो हानिकारक हुँदैन यो । बरु, स्वास्थ्यबर्द्धक मानिन्छ ।

सख्खरको नियमित सेवनले एनीमिया, दम, जन्डिज, कानको दुखाई शारीरिक थकान, जाडोको दुखाई आदि रोगबाट मुक्ति मिल्छ । खासमा सख्खरले शरीरमा तापमान बढाउँछ । यसले बाह्य चिसोसँग लड्ने क्षमता बढ्छ ।

दुधमा अधिक मात्रामा भिटामिन ए, भिटामिन बि र डि पाइन्छ । साथै यो क्याल्शियम, प्रोटिन र ल्याक्टिक एसिडको स्रोत हो । सख्खरमा ग्लूकोज, खनिज तरल पाइन्छ । साथै यसमा पनि क्याल्सियम, फस्फोरस, आइरन आदि हुन्छ ।
दुध र सख्खर मिलाएर सेवन गर्दा जाडोमा निकै फाइदा गर्छ ।

प्रतिरक्षा प्रणाली बलियो
दुध र सख्खरको मिश्रण सेवन गर्दा पाचन क्रियासँग सम्बन्धित समस्या हट्छ । साथै यसको सेवनले पेटमा ग्यास बन्दैन । साथसाथै जाडोमा प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । यसले गर्दा चिसो लाग्ने वा रुँघा, खोकी लाग्ने हुँदैन ।

पाचनतन्त्र सुधार
धेरै गरिष्ठ भोजन (चिल्लोचाप्लो, मसलेदार, मासुजन्य, दुधजन्य) परिकारको सेवनले अपचको समस्या हुन्छ । पेट सफा हुँदैन । कब्जियत हुन्छ । यस्तो अवस्थामा तातो दुधमा सख्खर मिसाएर पिउनुपर्छ । यसको सेवनले हाम्रो पाचन यन्त्रमा सुधार आउँछ । पेटमा ग्यास पनि बन्दैन ।

गर्भावस्थामा एनीमिया हुँदैन
गर्भावस्थामा थकावट वा कमजोरी हटाउनका लागि सख्खरको सेवन उपयोगी हुन्छ । यदि गर्भवतीले नियमित रुपमा सख्खर सेवन गर्ने हो भने, उसलाई एनीमियाको खतरा हुँदैन । सख्खर आइरनको स्रोत हो, जसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन सहयोग गर्छ । एनिमियाको रोगीले यसको सेवन आवश्यै गर्नुपर्छ । गर्भावस्थामा महिलालाई आइरनको कमी हुनेगर्छ । यसको परिपूर्तिका लागि दुधमा सख्खर मिलाएर सेवन गर्नुपर्छ ।

तौल नियन्त्रण
सख्खरमा प्राकृतिक मिठास हुन्छ । यसमा चिनीको कुनैपनि हानिकारक गुण हुँदैन । यदि दुधसँग सख्खर सेवन गरियो भने तौल नियन्त्रणमा समेत सहयोग गर्छ ।

छालाको चमक
चिसो मौसममा छाला रुखो र सुख्खा हुन्छ । यस्तो अवस्थामा सख्खर निकै उपयोगी हुन्छ । यसले खराब टक्सिन हटाउँछ । दुधमा मिसाएर सेवन गर्दा अनुहारमा चमक पनि ल्याउँछ ।

मासिक धर्मको पीडामा
कतिलाई मासिक स्राव अनियमितताको समस्या हुन्छ । यस्तो अवस्थामा नियमित सख्खर सेवन गर्नुपर्छ, समस्या हट्छ । मासिक स्रावको बेला हुने पीडा कम गर्न पनि यसले सघाउँछ ।

हड्डी बलियो
दुध र सख्खर दुबै क्याल्सियम एवं पोटाशियमको स्रोत हुन् । दुबै शरीरका लागि आवश्यक छ । यसको सेवनले हड्डीको समस्या जस्तो कि स्टियोपोरोसिस जस्ता समस्या कम गर्छ ।

साभार अनलाइन खबर

Related News

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम लाई सहयोग
  • १७ मंसिर २०७४, आईतवार

एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...

धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस ललितपुर आयुर्वेदमा यसरी मनाईयो
  • १७ मंसिर २०७४, आईतवार

सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...

गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
गायक सिताराम पोखरेलको एल्बम ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन
  • १७ मंसिर २०७४, आईतवार

विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका...

TOP