चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ ।
जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भएको बताउनुभयो ।
जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि विभिन्न समूह परिचालन गरेका छौँ ।”
रासस
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को...
सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ताल्छिखेल, ललितपुरका तथा निजी आयुर्वेद कम्पनीहरुको संयुक्त सहभागितामा धन्वन्तरी जयन्ती...
विराटनगर, १७ असोज । दलित बस्तीका बालबालिकाहरूसँग आफ्नो जन्मदिन मनाउँदै आधुनिक गायक सिताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम बिमोचन गरेका...