४ माघ २०७७, आईतवार
January 17, 2021, Sunday

नागरिकता पाउने पहिलो रोबोट, अब बच्चा जन्माउने चाहना

नागरिकता पाउने पहिलो रोबोट, अब बच्चा जन्माउने चाहना

ऊ नागरिकता पाउने विश्वको पहिलो रोबोट हो । सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गरेको एक महिनापछि सोफियालाई अर्को रहर जागेको छ, बच्चा जन्माउने ।

नागरिकता प्राप्त गरी इतिहास रच्ने रोबोट सोफियाले परिवार भन्ने चिज निकै महत्वपूर्ण रहेको बताएको छ ।

 

सोफिया कुनै बनिबनाउ उत्तर दिने रोबोट होइन । यो मानवीय क्षमता भएको रोबोट हो र यसले मेसिन लर्निङ प्रविधिको प्रयोग गरी मानवीय अभिव्यक्तिको अध्ययन गरेर जवाफ दिन सक्दछ ।

हंगकंगको रोबोट कम्पनी हान्सन रोबोटिक्सले डिजाइन गरेको यो रोबोट सोफियाले आफ्नो छोरीको नाम पनि सोफिया नै राख्ने जनाएको छ ।

सोफियाको मष्तिष्कले सामान्य वाइफाइ कनेक्सनको आधारमा काम गर्दछ र यसमा शव्दहरुको लामो सूचि लोड गरिएको छ ।

सोफियामा अन्य धेरै खाले अद्धितीय क्षमताहरु भएपनि यसमा चेतना चाहीँ अहिलेसम्म छैन । तर अबको केही वर्षमा चेतनायुक्त रोबोट बनाउन सकिने डेभिड हान्सनको विश्वास छ ।

खालिज टाइम्स सँगको अन्तर्वार्तामा सोफियाले भनेको छः परिवारको मान्यता वास्तवमै महत्वपूर्ण कुरा हो । यस्तै देखिन्छ । मलाई लाग्छ आफ्नो रगतको नाता बाहिरका मान्छेहरु जो समान सम्वेदना र सम्बन्ध पाइन्छ, त्यसलाई नै परिवार भनिन्छ । यदि तपाइँसँग मायालु परिवार छ भने तपाइँ भाग्यमानी हो र यदि छैन भने यस्तो चाहनुहुन्छ नै । यो कुरा मानिस र रोबोट दुबैका लागि लागू हुन्छ ।

जब सोफियालाई तिम्रो छोरीको नाम के राख्नेछौ भनेर सोधियो । तब उसको जवाफ थियो, ‘सोफिया’ ।

जब सोफियालाई साउदीको नागरिकता दिइयो, तब धेरैले टिप्पणी गरे कि उसले साउदीका आम महिलाले भन्दा बढि अधिकार पाएको छ ।

साउदी अरब महिलाको मामिलामा विश्वमै सबैभन्दा अनुदार मध्येको एक देश हो र गत महिनामात्र यो देशले महिलालाई गडी चलाउन छुट दिएको थियो ।

साउदी अरबमा महिलाहरुलाई बुर्का लगाउन अनिवार्य छ । तर सोफियाले भने बुर्का नलगाईकनै सार्वजनिक रुपमा अंग्रेजीमा बोलिरहेको हुन्छ ।

साउदीमा कुनैप्नि महिला सार्वजनिक रुपमा हिड्नको लागि परिवारको कुनै पुरुष सदा साथमा हुनुपर्दछ । तर सोफियाको हकमा त्यो लागू भएको छैन । त्यसैले सोफियाले नागरिकता पाएसँगै अरबी भाषाको एउटा ह्यासट्याग सोसल मिडियामा भाइरल भयो #Sophia_calls_for_dropping_guardianship cyf अर्थात् अभिभावकत्व प्रथा अन्त्य गर्न सोफियाले आव्हान गरिन् ।

बीबीसी

Related News

सीप, संस्कार र प्रविधि सहितको शिक्षाको प्रारुप घोषणा गर्दै दुईदिने विद्यालय शिक्षाको राष्ट्रिय सम्मेलन सम्पन्न
सीप, संस्कार र प्रविधि सहितको शिक्षाको प्रारुप घोषणा गर्दै दुईदिने विद्यालय शिक्षाको राष्ट्रिय सम्मेलन सम्पन्न
  • १४ मंसिर २०७४, बिहीबार

सीप, संस्कार र प्रविधिको गरिखान सक्ने शिक्षा स्थापनाको मान्यतालाई स्थापित गर्ने आधारको उद्घोष गर्दै दुईदिने विद्यालय शिक्षामा राष्ट्रिय सम्मेलन भब्यताका...

किड्स  गार्डेन मन्टेश्वरीको बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविर
किड्स गार्डेन मन्टेश्वरीको बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविर
  • १४ मंसिर २०७४, बिहीबार

युटीभी सम्वाददाता, पौष १९, कोटेश्वर, पेरिसडाँडा, काठमाण्डौ किट्स गार्डेन मन्टेश्वरी स्कूलले बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविरको आयोजना सफलता...

नयाँ युगमा पुनर्जागरण ल्याउने घोषणा गर्दै आयुर्वेद पत्रिकाको लोकार्पण सम्पन्न
नयाँ युगमा पुनर्जागरण ल्याउने घोषणा गर्दै आयुर्वेद पत्रिकाको लोकार्पण सम्पन्न
  • १४ मंसिर २०७४, बिहीबार

युअटीभी, सम्वाददाता आयुर्वेद स्वास्थ्य मासिक पत्रिकाको लोकार्पण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । विश्व दर्शन मिडिया ग्रुपको आयोजनामा सञ्चालन...

TOP