६ बैशाख २०७८, सोमबार
April 19, 2021, Monday

डेढ सय वर्षपछि आज ‘ब्लू मुन’मा खग्रास चन्द्रग्रहण

डेढ सय वर्षपछि आज ‘ब्लू मुन’मा खग्रास चन्द्रग्रहण

१ सय ५० वर्षपछि बुधबार खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालबाट पनि देखिने यो चन्द्रग्रहण काठमाडौंमा साँझ ५ बजेर ३३ मिनेटमा सुरु हुनेछ भने राति ८ बजेर ५६ मिनेटमा समाप्त हुनेछ ।‘तर यो दृश्य सुरुमा नेपालबाट देखिने छैन किनकि ५:३३ मा चन्द्रमा उदाएको हुने छैन । नेपालमा ५:५५ मा मात्र चन्द्रमा उदाउने भएकाले त्यतिबेला चन्द्रग्रहण लागिसकेको हुनेछ’, ब्लू मुनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको जानकारी दिँदै वरिष्ठ खगोलविद् जयन्त आचार्यले भने।

एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भनिन्छ । चन्द्रग्रहण हेर्न नेपालीले सुरु भएपछि २२ मिनेट पर्खिनुपर्नेछ । उनका अनुसार ग्रहण नेपाललगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजिल्यान्ड, अस्टे«लिया, अफ्रिकाका केही पूर्वी देशहरू, युरोप, रसिया र अलास्काबाट देख्न सकिन्छ तर ब्राजिल, चिली र पश्चिमी अफ्रिकी देशमा बसोबास गर्नेले यो ग्रहण हेर्न पाउने छैनन् ।

खग्रास तथा खण्डग्रास गरी चन्द्रग्रहण दुई किसिमको हुने भए पनि बुधबारको चन्द्रग्रहण खग्रास भएकाले चन्द्रमाको पूरै भाग छेकिएको देखिन्छ । पूरै चन्द्रबिम्ब छेकिएर हुने अर्थात् पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिने खगोलविद्को भनाइ छ । खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिकाले मात्र हेर्न हुने बताइएको छ भने मेष, मिथुन, कर्कट, सिंह, वृश्चिक, धनु, मकर र मीन राशिकाले हेरे अशुभ हुने मानिएको छ ।

२१ औं शताब्दीमा ८५ वटा चन्द्रग्रहण लाग्ने जानकारी दिँदै वाल्मिकी क्याम्पसका प्राध्यापकसमेत रहेका आचार्यले बुधबारको चन्द्रग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिने जानकारी दिए । विश्वप्रसिद्घ वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए । यस्तो ग्रहण खगोलविद् र वैज्ञानिकहरूका लागि प्रयोगात्मक प्रक्रिया पुष्टि गर्ने सुनौलो अवसर हुने उनको भनाइ छ । उनले थपे, ‘यस्तो ग्रहणको प्रभाव केवल मानव जातिमा मात्र होइन, पशुपंक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ ।’

धार्मिक विश्वास राख्नेहरूले ग्रहणको स्पर्श र मोक्ष (सकिने) मा नदी, तलाउ, कुण्डमा गई ग्रहण नुहाएर शुद्घ हुने गर्छन् । ग्रहणका बेला साधना गर्दा सिद्धि पाइने विश्वासमा तान्त्रिकहरू तन्त्रसाधना र अघोरीहरू मन्त्र साधना गर्छन् । नांगो आँखाले सूर्यग्रहण हेरे समस्या हुन्छ तर चन्द्रग्रहण सजिलै हेर्न सकिने खगोलविद् बताउँछन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीको प्रयोग गरेर पनि हेर्न सकिन्छ । सामाखुसीस्थित तक्षशिला एकेडेमीले टेलिस्कोपबाट चन्द्रग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

Related News

सीप, संस्कार र प्रविधि सहितको शिक्षाको प्रारुप घोषणा गर्दै दुईदिने विद्यालय शिक्षाको राष्ट्रिय सम्मेलन सम्पन्न
सीप, संस्कार र प्रविधि सहितको शिक्षाको प्रारुप घोषणा गर्दै दुईदिने विद्यालय शिक्षाको राष्ट्रिय सम्मेलन सम्पन्न
  • १७ माघ २०७४, बुधबार

सीप, संस्कार र प्रविधिको गरिखान सक्ने शिक्षा स्थापनाको मान्यतालाई स्थापित गर्ने आधारको उद्घोष गर्दै दुईदिने विद्यालय शिक्षामा राष्ट्रिय सम्मेलन भब्यताका...

किड्स  गार्डेन मन्टेश्वरीको बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविर
किड्स गार्डेन मन्टेश्वरीको बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविर
  • १७ माघ २०७४, बुधबार

युटीभी सम्वाददाता, पौष १९, कोटेश्वर, पेरिसडाँडा, काठमाण्डौ किट्स गार्डेन मन्टेश्वरी स्कूलले बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविरको आयोजना सफलता...

नयाँ युगमा पुनर्जागरण ल्याउने घोषणा गर्दै आयुर्वेद पत्रिकाको लोकार्पण सम्पन्न
नयाँ युगमा पुनर्जागरण ल्याउने घोषणा गर्दै आयुर्वेद पत्रिकाको लोकार्पण सम्पन्न
  • १७ माघ २०७४, बुधबार

युअटीभी, सम्वाददाता आयुर्वेद स्वास्थ्य मासिक पत्रिकाको लोकार्पण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । विश्व दर्शन मिडिया ग्रुपको आयोजनामा सञ्चालन...

TOP