बिद्यार्थीलाई ईन्टरनेट सुबिधासहितको कम्पुटर प्रयोगशाला स्थापनागरि हस्तान्तरण


काठमाडौँ, १७ जेठ । हेमन मोक्तान फाउन्डेसनले युएईमा संचालन अध्यारोबाट उज्यालोतिराको यात्रा शिक्षाको लागि साङितिक अभियानबाट सन्कलित सहयोगबाट रामेछाप, काभ्रे,सिन्धुली जिल्लाको बिद्यार्थी बालबालिकाहरुलाई लक्षितगरि ईन्टरनेट सुबिधासहितको कम्पुटर प्रयोगशाला स्थापनागरि हस्तान्तरण गर्यो।कार्यक्रमको उद्घाटन प्रयोगशाला स्थापनामा सहयोग गर्नु हुने युएईका संघ सस्थाहरुको प्रतिनिधित्व गर्दै आउनु भएका युएई बिजनेस काउन्सिलका भाईस प्रेसिडेन्ट, रेड पोइन्ट जनरल ट्रेडिङ ल.ल. सि युएईका चियरमेन तथा चौतारी रेस्टुरेन्टका संचालक उमेश कुमार न्युपानेले गर्नु भो।फाउन्डेसनका अध्यक्ष तथा गायक हेमन मोक्तानको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सिन्धुली दुम्जाका समाजसेवि,बुद्धिजीवी,राजनितिक दलका नव निर्वचित वड अध्यक्ष, स्कुल ब्यबस्थापन समिती,कलाकार, पत्रकार, अभिभावक, तथा बिद्यार्थी बालबालिकाहरुको बाक्लो उपस्थिति थियो।अहिलेसम्म बिजुलि बत्ती समेत नपुगेको स्थानमा सोलारबाट ईन्टरनेट सुबिधासहितको अहिले तत्काल १० थान कम्पुटरबाट सुरु गरिएको यस प्रयोगशालाले सूचना तथा शिक्षाको लागि धेरै ठुलो सहयोग पुगेको कुरा स्कुल ब्यबस्थापन समतीकाबर्तमन अध्यक्षले बताउनु भो।प्रयोगशाला स्थापनाले त्यहाका शिक्षक, बिद्यार्थी, अभिभावक तथा स्थानिय बासिन्दाहरु प्रफुल्ल भएका छ्न।साथै बिद्यार्थी बालबालिकाहरुले हेमन प्रती समर्पित गर्दै कविता मुक्तहरु प्रस्तुत गरिएको थियो।साथमा गायक हेमन मोक्तानले पनि आफ्नु साङितिक प्रस्तुतिबाट बिद्यार्थीबाट बालबालिकाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो।सुनकोसी सिन्धुली बिधालय काभ्रे, रामेछाप ,जिल्लाका करिब पाँचसय भन्दा बढी बिद्यार्थी लाभान्वित हुनेछ्न।