धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’ बनाउने अवधारणा सार्वजनिक


काठमाडौं, जेठ २२ – भूकम्पपीडितका लागि तीन चरणको एकीकृत नमुना बस्ती निर्माण हस्तान्तरण गरेर आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले गर्ने नयाँ काम ‘नमुना नेपाल’ अवधारणा सार्वजनिक गरेका छन् ।

राजधानीको बबरमहल स्थित कार्की ब्याङ्केटमा आयोजित एक कार्यक्रममा धुर्मुस सुन्तलीले नमुना नेपालको अवधारणा सार्वजनिक गरेका हुन् । बरिष्ठ हास्य कलाकार मनकृष्ण श्रेष्ठ, किरण केसी, शिबहरी पौडेल, निर्माल शर्मा ‘गैडा’, हाँस्य कलाकार कुमार कट्टेल, अर्जुन घिमिरे, गायक प्रमोद खरेल लगायत कलाक्षेत्र लगायत बिभिन्न क्षेत्रका गन्यमान्य ब्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा भिडियो मार्फत तयार पारिएको नमुना नेपाल समेत देखाइएको थियो ।

फाउन्डेसन मार्फत उनीहरुले काभ्रेमा पहरी एकिकृत वस्ति, सिन्धुपाल्चोकमा गिरानचौर एकिकृत वस्ति र महोत्तरीमा मुसहर नमुना वस्ति बनाइसकेको छन् ।

कार्यक्रममा सिताराम कट्टेल ‘धुमर्सले’ तराई, पहाड र हिमालका सबै जात जाती, धर्म संस्कृती, भेषभुषा समेटिने गरेर नमुना नेपाल अवधारणा अगाडि ल्याएको बताए । उनले सरकारलाई सघाउनकै लागि आफुहरुले नमुना नेपाल अवधारणा ल्याएको बताउँदै सरकारको साथ सहयोग नभएपनि नमुना नेपालको अवधारण पुरा गरेर छोड्ने बताए ।

आफुहरुले बनाउन लागेको नमुना नेपालबाट बिस्वलाई नेपालको बारेमा बुझ्न सजिलो हुने बिचार अगाडि सादै उनले पर्यन बिकाशका लागि आफ्नो नमुना नेपालले सहयोग गर्ने बताए ।

नमुना नेपालका लागि करिब ५ अर्ब बजेट अनुमानित गरेको सुनाउँदै उनले जापान, अमेरिका, चाइना कुनै रोर्बट र एलियनले नभई त्यहीका जनताको सिप, श्रम र पसिनाले बनेको उल्लेख गर्दै इच्छाशक्ति, दृढसंकल्प र इमान्दारीता भए विकसीत नेपाल बनाउन धेरै समय नलाग्ने बताए ।

कार्यक्रममा कलाकार कुन्जना घिमिरेले आफ्नो ब्यक्तिगत कलाकारीता र ब्यक्तिगत स्वर्थभन्दा माथी उठेर समाजसेवामा जुटिरहेको बताइन् । उनले नमुना नेपालको अवधारणा सिंगो देश नेपाललाई जोड्ने प्रयास भएको बताउदै सम्पुर्ण जातजाती, धर्मसंस्कृती र रितिरिवाजको साझा फुलवारी ‘नमुना नेपाल’ हुने सुनाइन् । उनले आफ्नो अभियानमा सबैलाई सहयोग गर्न अफिल समेत गरिन् ।