परीक्षा यस्तो शब्द हो, विद्यार्थीका लागि यसले भय पैदा गर्छ । परीक्षामा कस्ता प्रश्न आउँछन, यो चिन्ताले सवै विद्यार्थीलाई सताउँछ ।
कोही यस्तो व्यक्ति छैन होला, जो परीक्षासँग नडराएको होस् । प्रश्नपत्र हात परेपछि जस्तो सुकै जान्ने विद्यार्थीलाई पनि तनाव हुन्छ ।
यस्तोमा यदि विद्यार्थी नै प्रश्नपत्र तयार गरे भने के होला ?
अव यस्तै हुँदैछ, भारतको एक विश्वविद्यालयमा ।
पंजावको अमृतसरमा रहेको गुरु नानक देव विश्वविद्यालयमा शिक्षक छात्र–छात्रासँग परामर्श लिएर मात्र प्रश्नपत्र बनाउनेछन् । यो भारतको पहिलो विश्वविद्यालय हुनेछ, जसले यस्तो कदम उठाएको होस् ।
गुरु नानक देव विश्वविद्यालयमा आगामी सत्र शुरु हुनुभन्दा अगाडि कक्षाका वाकी विद्यार्थी सिनियर विद्यार्थीसँग सुझाव लिएर बनाइएको प्रश्नपत्रको जवाफ दिनेछन् । सिनियर विद्यार्थीको सुझावका आधारमा तयार पारिएको प्रश्नपत्र बोर्ड अफ स्टडीले अनुमोदन गर्नेछ । यसपछि सिन्डिकेटको फैसला आउँछ र प्रश्नपत्र छापिन्छ ।
गुरु नानक देव विश्वविद्यालयका उपकुलपति डा.जसपाल सिंहल सन्धूले यसवारे भने, ‘आउने समयमा पाठ्यक्रम तयार गर्नका लागि यो अनौठो प्रयोग देशका सवै विश्वविद्यालयका लागि काम लाग्ने हुनेछ ।’
गुरु नानक देव विश्वविद्यालयको यो सोच भविष्यमा कति सफल हुन्छ, त्यो भने अहिले भन्न सकिन्न ।
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...
कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...
युअटीभी सम्वाददाता नेपालको सवैभन्दा ठुलो मेवा फार्म अन्नपूर्ण कृषि फार्म चितवन जिल्ला, कालिका नगरपालिका, बडा नं ६ जिरौनामा संचालनमा आएको...