वासिङ्टन –अमेरिकाको करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ ।
एनबिसी न्युजले गरेको उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकनभन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए ।
ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ । त्यसैले उनीहरुले यी दुईको सट्टामा अर्काे राम्रो काम गर्ने दल चाहेको बताएका हुन्।
हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको यस्तो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।
उनीहरुले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उनले जारी राखेका काम जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् । सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरुमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् ।
उक्त सर्वेक्षणका अधिकांश सहभागीले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन् । त्यसैले उनीहरुले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् ।
राष्ट्रियरुपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, वर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो ।
उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, वर्ग र समुदायका गरी एक हजार आठ सय ७६ जना १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका युवालाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो।
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...
कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...
युअटीभी सम्वाददाता नेपालको सवैभन्दा ठुलो मेवा फार्म अन्नपूर्ण कृषि फार्म चितवन जिल्ला, कालिका नगरपालिका, बडा नं ६ जिरौनामा संचालनमा आएको...