१६ मंसिर, काठमाडौं । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ ।
भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् ।
उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए ।
ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न ११ सय ७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।
उनीहरूलाई खाना, बच्चाको खाना, औषधी र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...
डा. खेम राज भट्टराई, बोटनिस्ट / कृषि उद्यमीदेश चलाउन उच्च ओहोदामा रहेका व्यक्तिहरूमा उच्च इच्छा शक्ती, नैतिक मूल्य, कौशलता,सकारात्मक सोच...