२ कार्तिक २०७८, मंगलवार
October 19, 2021, Tuesday

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

टोकियो (रासस/एएफपी)- जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने गर्ने बताएका छन्।

सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार सार्वजनिक गरे। उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएका थिए।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए। सम्राट अकिहितोले यो निर्णय गरिसक्नुभएको जानकारी उनले दिए। उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए।

जापानी सम्राट अकिहितो हाल ८३ वर्षको छज्। उनले राजगद्दी त्याग गरेपछि उनका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्नेछन्।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्यागगर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि बताए।

Related News

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • १५ मंसिर २०७४, शुक्रबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • १५ मंसिर २०७४, शुक्रबार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको  कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
  • १५ मंसिर २०७४, शुक्रबार

कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...

TOP