१६ श्रावण २०७८, शनिबार
July 31, 2021, Saturday

आफ्नो दूध बेचेर लाखौँ कमाउँछिन् यी महिला

आफ्नो दूध बेचेर लाखौँ कमाउँछिन् यी महिला

यो दुनियामा नबिक्ने कुरा के पो रहेछ र ? साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् ।

राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउँछिन् । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्नका लागि युवाहरु मरिमेट्छन् ।

खासगरी बडी बिल्डर हुन चाहने युवाहरुको बीचमा उनको दुधको उच्च माग छ । सात महिना अघि उनले दोश्रो बच्चा जन्माएकी थिइन् । बच्चाले स्तनपान गर्दा समेत आफ्नो वक्षस्थलको दुध चुसेर नसकेपछि उनले आफ्नो दुध कसैलाई दान गर्ने सोँच बनाइन् ।

सुरुमा उनले बच्चालाई स्तनपान गर्नका लागि दुध पर्याप्त नआउने महिलालाई आफ्नो दुध प्रदान गर्न थालिन् । तर उनले दुध दान
गरिरहेको कुराको चर्चा चलेपछि पुरुषहरुले उनको दुधको माग गर्न थाले ।

सारिरिक सुगठन अर्थात् बडी बिल्डिंगका पारखी युवाहरु उनको दुध खरीद गरेर सेवन गर्न थाले । लाम्प्रोका अनुसार सुगठित सरीर बनाउन चाहने पुरुषका लागि उनको दुध उत्तम हुन्छ ।

सुरुमा उनले दिनमा २ लिटर आफ्नो दुध बेच्न सुरु गरिन् । एक लिटरको एक सय २५ रुपैयाँ बराबरको मूल्य पर्दथ्यो ।

अहिलेसम्म उनले ५ सय लिटर दुध बेचिसकेकी छिन् र यसबाट झडै ४५ सय पाउण्ड अर्थात झण्डै साढे ६ लाख रुपैयाँ कमाइसकेकी छिन् ।

लाप्रउ आफ्नो दुध अनलाइन मार्फत बिक्रि गर्छिन् । उनलाई आफ्नो दुधको व्यापार नशा झैँ लागेको छ र यो व्यापार छाड्न चाहन्निन् ।

एनले आफूले जस्तै दुध बेच्न चाहने महिलाहरुको फेसबुक ग्रूप नै बनाएकी छिन् । आमाहरुको दुधको व्यवसायिक बिक्रि नै सुरु गर्ने योजना उनको छ । एजेन्सी

Related News

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • २१ फाल्गुन २०७४, सोमबार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • २१ फाल्गुन २०७४, सोमबार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको  कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
  • २१ फाल्गुन २०७४, सोमबार

कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...

TOP