१० बैशाख २०७८, शुक्रबार
April 23, 2021, Friday

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

काबुलको पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्वार गरिँदै

काबुल, ७ माघ (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ ।

अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र हातहतियारहरु लिएका चारजना तालिबान आतङकबादीले आक्रमण गरेको जनाइएको छ ।

उनीहरुले शनिबार राति इन्टरकन्टीनेन्टल होटलमा आक्रमण गर्दा त्यहाँ कैयाँ विदेशी पर्यटक पनि रहेका थिए ।
आइतबार विहानसम्म पनि छिटफुट रुपमा बन्दुक पड्काईएको आवाज सुनिएको थियो भने होटलको धुरीबाट धुवाँको मुस्लो समेत देखिएको समाचारमा जनाइएको छ ।

आतङ्ककारीहरुले सो होटलमा हमला सुरु गरेपछि उनीहरुलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको कारबाहीमा आक्रमणकारी नै मारिएका छन् ।

त्यस्तै मारिनेमा पाँच जना अफगान र एक विदेशी पर्यटक परेका छन् । मारिएकामा चार आत्मघाती आक्रमणकारी, एकजना अफगान नागरिक र अर्का एकजना विदेशी पर्यटक परेका यहाँका प्रहरी अधिकारीले पुष्टी गरेका छन् ।

(180120) — KABUL, Jan. 20, 2018 (Xinhua) — Security personnel cordon off the street near Kabul’s Intercontinental Hotel in Kabul, Afghanistan, on Jan. 20, 2018. Casualties were feared as gunmen attacked a major hotel frequented by foreigners and senior officials in Kabul, Afghanistan on Saturday night, witnesses and local media said. (Xinhua/Rahmat Alizadah)

“आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले जवाफी आक्रमण गरेका थिए,” गृह मन्त्रालयका प्रवक्ता नाजीब डानीशले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो ।

आतङ्कबादीहरुको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेलाई जान दिइएको छैन ।

एम्बुलेन्सहरुलाई पनि घटनास्थलमा जान नदिएर होटल नजिकै लाईनमा राखिएको छ । घटनाका कारण पश्चिमी छिमेकी सहरहरुमा ट्राफिक जाम परेको छ ।

सो होटललाई प्रहरीले घेरा हालेको छ । भित्रबाट अहिले पनि सनातिना विस्फोटका आवाज आइ नै रहेको बताइएको छ ।

आतङ्ककारीले होटलका पहुनाहरुलाई नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको हो कि भन्ने बारेमा पनि प्रहरीले अहिले नै केही भन्न सकिरहेको छैन । तर अहिले घटनास्थल भने पूर्ण रुपमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ ।

Related News

मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा  राधेश्याम लेकालीलाई मनोनयन
मेरठ लिटरेचर फेस्टिवलको मुख्य सलाहकार समिति सदस्यमा राधेश्याम लेकालीलाई मनोनयन
  • ७ माघ २०७४, आईतवार

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...

कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको  कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
कोरोना चपेटामा विश्व परेका बेला मलम लगाउन इलामका स्रस्टा ज्ञानेन्द्र गदालको कोराना विदारक गीत “अदृश्य एउटा युद्ध”
  • ७ माघ २०७४, आईतवार

कोलोराडो । मातृ भुमी नेपाल लगायत विश्वको दुईसय भन्दा बढी देशमा महामारीका् रुपमा फैलिएको कोरना भाईरस बारे जनचेतना बढाउने उद्धेश्यले...

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक
  • ७ माघ २०७४, आईतवार

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल...

TOP