९ बैशाख २०७८, बिहीबार
April 22, 2021, Thursday

के भयो त डिभोर्सको कुरा….?

के भयो त डिभोर्सको कुरा….?

खडानन्द र पत्नी बिहान उठे ।

पत्नी : मेरा लागि नास्ता बनाइदेऊ खडु ।

(खडानन्द चुपचाप घरबाट बाहिर निस्किए ।)

पत्नी : कहाँ जान लाग्या ? नास्ता बनाइदेऊ भन्या, सुनेनौ ?

खडानन्द : वकिलकहाँ जान लाग्या, तिमीसँग सम्बन्धविच्छेद गर्नु छ ।

(खडानन्द एक घण्टापछि आएर चुपचाप नास्ता तयार गर्न थाले)

पत्नी : के भयो त डिभोर्सको कुरा….?

खडानन्द : वकिललाई भेट्न गा’ को, ऊ त भाँडा माझिरहेथ्यो, व्यस्त रै’छ ।

कलेजमा खडानन्दलाई एउटी केटीले सीधै ‘आई लभ यू’ भनी ।

खडानन्द : तिम्ले ममा त्यस्तो के खुबी देख्यौ ? सीधै ‘आई लभ यू’ भन्छ्यौ त ….?

केटी : त्यस्तो केही होइन, अस्ति यही बाटो हिँड्दा तिमी लुगा धुँदै थियौ, हिजो भाँडा माझ्दै थियौ, आज खाना पकाउँदैछौ ….त्यही भएर ।

खडानन्द र साथी ।

साथी : आफूलाई सबैभन्दा असुरक्षित कतिबेला महसुस गर्छौ खडु ?

खडानन्द : ढोकामा छेस्किनी नभा’को ट्वाइलेटमा बस्या बेला ।

खडानन्द र साथी ।

साथी : मान्छे, आफ्नै बेवकुफीमा खुसी हुने, रमाउने दिन कुन हो थाहा छ खडु ?

खडानन्द : आफ्नै बिहेको दिन नि !

जीएफ : तिमी के काम गर्छौ खडु ?

खडानन्द : समाजसेवा ।

जीएफ : वाउ ! समाजसेवी पो रै’छौ त, के गर्छौ समाजका लागि…?

खडाननन्द : महिनामा एकपल्ट मात्र नुहाउँछु र पानी बचाउँछु समाजका लागि ।

खडानन्द र जीएफ

खडानन्द : ठूलो घर किन्दिन्छु तिम्लाई, कार किन्दिन्छु, सुनै सुनले झकिझकाउ पार्दिन्छु ।

जीएफ : भरे पार्कमा त आउँछौ होला नि भेट्नलाई (फोनमा) …?

खडानन्द : अँ, आउँला साथीले बाइक दियो भने ।

साभार साप्ताहीक

Related News

यसको एक्सपायर डेट हेरेको, फेला पार्नै सकिनँ ।
यसको एक्सपायर डेट हेरेको, फेला पार्नै सकिनँ ।
  • १६ मंसिर २०७४, शनिबार

शेरे आफ्नी पूर्वप्रेमिकालाई किस गर्न खोज्दै थियो, यत्तिकैमा गर्लफ्रेन्डले च्यालेन्ज दिँदै भनी । गर्लफ्रेन्ड : यहाँ के किस गर्छौ ?...

TOP