चितवनमा मंसिर २०,२१ र २२ गते अन्तर विद्यालय एथ्लेटिक्स २०७५ आयोजना हुदै

१९ मंसिर २०७५, बुधबार

चितवनकै उत्कृष्ट विद्यालय मध्येको एक स्मल हेभन स्कूल कल्याणपुरले जिल्ला भरिका सबै विद्यालयलाई निमन्त्रणा गरी ८औँ अन्तर—विद्यालय स्तरीय एथ्लेटिक्स प्रतियोगिता २०७५को आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले गर्नुहुने जानकारी आयोजकले गराएको छ भने उद्घाटनको समय विहान ११ बजे लाई निर्धारण गरिएको छ । इभेन्टमा...

Read More

हामीलाई ठूलो राहत मिल्योः मेस्सी

१३ असार २०७५, बुधबार

लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद छैन । जबकी प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ किनकी नाइजेरियामाथि रोमाञ्चक जित हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेको छ । दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना त्यस बेलासम्म विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा थियो, जबसम्म म्यानचेष्टर युनाइटेडका मार्कोस...

Read More

कसले जित्ला गोल्डेन बुट ?

११ असार २०७५, सोमबार

फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच कडा टक्कर हुने गरेको छ । रसियामा जारी विश्वकपमा यस्तै केही चर्चित खेलाडी छन्, जो आफ्नो टिमलाई जितका साथसाथ यस अवार्डलाई आफ्नो नाममा पार्न पनि प्रतिस्पर्धा गरिरहेका छन् ।...

Read More

अर्जेन्टीनी प्रशिक्षकले हारको दोष खेलाडी माथी थोपरे

८ असार २०७५, शुक्रबार

क्राेएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ । बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको...

Read More

मेक्सीकोले जित्दा मेक्सीको सिटीमा भुकम्प गयो

५ असार २०७५, मंगलवार

विश्वकपको आफ्नो शुरुवाती खेलमा मेक्सिकोका हिरभिङ्ग लोजानोले जर्मनविरुद्ध गोल गरेपछि मेक्सिकन फुटबल फ्यानहरुले खुसी रोक्न सकेनन् । खेलको ३५ औँ मिनेटमा लोजानोले हानेको बलले नेट छाएपछि टिमका प्रशंसकहरुहरु खुसीमा उफ्रिए । तर, के केही मिडियाहरुले भने जस्तै यो खुसी मनाउँदा मेक्सिकोमा भूकम्पनै आएको थियो त ? मेक्सिकोको इन्स्चिच्युट अफ...

Read More

ट्युनिसियाविरुद्ध इङ्गल्याण्ड २-१ ले विजयी, ह्यारीले गरे दुवै गोल

५ असार २०७५, मंगलवार

विश्वकप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले ट्युनिसियालाई २-१ ले हराएको हो । इङ्गल्याण्डको यो जित १२ वर्षपछिको हो । यसअघि सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले पाराग्वेलाई हराएको थियो । इङ्गल्याण्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरे । खेलको ११...

Read More

चेन्नाईले जित्यो आईपीएलको उपाधि

१४ जेष्ठ २०७५, सोमबार

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८...

Read More

चार वर्षपछि ए डिभिजन लिग हुने

३ जेष्ठ २०७५, बिहीबार

क्लबहरूसँगको छलफलपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग समितिले सहिद स्मारक ‘ए’ डिभिजन लिग १३ असोजदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै चार वर्षयता पहिलोपल्ट ए डिभिजन लिग हुन लागेको हो । पछिल्लोपल्ट ए डिभिजन लिग २०७० सालमा भएको थियो । लिग आयोजना गर्ने निर्णयसँगै तीन सय बढी खेलाडीले...

Read More

‘वर्ल्ड ११’ मा परे सन्दिप लामिछाने, लर्डसमा वेष्टइण्डिजविरुद्ध खेल्ने

२ जेष्ठ २०७५, बुधबार

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । यो खेल ३१ मेमा लड्र्समा हुनेछ । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ । किनकी उनको टोलीको कप्तान इयान मोर्गान...

Read More

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

१ जेष्ठ २०७५, मंगलवार

नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले राससलाई जानकारी दिनुभयो ।...

Read More