नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।
हारसँगै उनको तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए। २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए। त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपटक निर्वाचन क्षेत्र निर्धारण पछि उनी तनँहु १ बाट उम्मेद्वार बनेका थिए।
२०५१ देखि २०५६ सम्मका सभामुख, पटक पटक मन्त्री भएका पौडेललाई अब उमेरका कारण पनि राजनीतिमा कमब्याक सहज छैन। २०१७ साल देखि अहिलेसम्म कांग्रेसमा सक्रिय राजनीति गर्ने पौडेल सबैभन्दा पाका नेता मध्येका हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा पहिला देखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। तनँहु १ मा यसपटकको पराजय पौडेलका लागि भारी पर्ने देखिन्छ।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...