काठमाडौँ – दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४५ जिल्लाबाट ६७ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको हो । त्यसमध्ये गुल्मीमा सबैभन्दा बढी ७१ प्रतिशत मतदान भएको आयोगको भनाई छ।
त्यसैगरी पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनाएका छन्।
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...