१६ श्रावण २०७८, शनिबार
July 31, 2021, Saturday

भारतले बढायो इन्धनको मूल्य, आयल निगमलाई मासिक १ अर्ब घाटा हुने

भारतले बढायो इन्धनको मूल्य, आयल निगमलाई मासिक १ अर्ब घाटा हुने

भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ ।

भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताए । यो घाटा मासिक हिसाव गर्दा एक अर्ब ६ करोड रुपैयाँ पुग्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा करीव ५५ करोड रुपैयाँ थियो ।

डिसेम्बरमा भारतीय आयल निगम (आइओसी) बाट प्राप्त मूल्य सूचीमा साविकको भन्दा प्रतिलिटर हवाइ इन्धनमा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निगमलाई अहिले सबैभन्दा धेरै घाटा ग्यासमा छ । अहिले ग्यासमा प्रतिसिलिण्डर घाटा ग्यास २ सय ४८ रुपैयाँ ६४ पैसा पुगेको छ । डिसेम्बरअघि निगमलाई प्रतिसिलिण्डर ग्यास विक्रीमा दुई सय ३७ रुपैयाँ ६७ पैसा घाटा थियो ।

त्यस्तै, प्रतिलिटर डिजेलमा ५ रुपैयाँ २५ पैसा र पेट्रोलमा यस्तो घाटा १४ पैसा छ । यसअघि निगमलाई प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा घाटा थियो । पेट्रोलको प्रतिलिटर यस्तो घाटा भने साविककै दरमा छ ।

हवाई इन्धन र मट्टीतेलमा भने निगमलाई नाफा छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा ११ रुपैयाँ, हवाई इन्धन (बाहृय) मा १० रुपैयाँ १३ पैसा र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ ४९ पैसा नाफा छ । यसअघि निगमलाई प्रतिलिटर मट्टीतेलमा १५ रुपैयाँ, हवाई इन्धन -बाहृय) मा १८ रुपैयाँ ३१ पैसा र हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ नाफा थियो ।

तर, हवाई इन्धन र मट्टीतेल दुवै इन्धनको माग कम हुने भएकाले त्यसले नाफा -नोक्सानमा त्यति धेरै अन्तर नहुने निगम बताउँछ ।

झण्डै दुई वर्षपछि निगम इन्धन कारोबारमा यति ठूलो घाटामा गएको हो । सरकारले पेट्रोलियममा स्वचालित मूल्यप्रणाली अपनाए पनि पछिल्लो समय त्यसको अभ्यास गर्न नपाउँदा यस्तो घाटा चुलिएको हो । घाटा व्यहोर्न थालेपछि गत १५ कात्तिकमा निगमले मूल्य बढाए पनि सरकारले हस्तक्षेप गरेपछि उक्त मूल्यवृद्धि फिर्ता भएको थियो । स्वचालित मूल्य प्रणाली इन्धनको अन्तर्राष्ट्रिय मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा उसैगरी घट्ने प्रणाली हो ।

त्यस्तै, पछिल्लो समय नेपाल र भारतबीचको इन्धनको मूल्यअन्तर अरु बढेर गएको छ । जसअनुसार अहिले नेपालमा प्रतिलिटर डिजेलको मूल्य भारतमाभन्दा २९ रुपैयाँ ९९ पैसा र पेट्रोल २१ रुपैयाँ ४० पैसा सस्तो छ ।

ह्वात्तै बढ्यो उपभोग

पछिल्लो समय इन्धनको खपत हृवात्तै बढेको निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार अहिले डिजेलको दैनिक खपत करीव पचास लाख लिटर -पाँच हजार किलोलिटर) पुगेको छ । त्यस्तै, पेट्रोलको दैनिक यस्तो खपत १४ लाख लिटर (१४ सय किलोलिटर) पुगेको छ ।

सामान्य अवस्थामा पेट्रोलको यस्तो खपत दैनिक १२ सय किलोलिटरमात्र हुने निगम बताउँछ । डिजेल भने सामान्य अवस्थामा दैनिक करीव चार हजार किलोलिटरमात्रै हुने निगमको भनाई छ । ग्यासको दैनिक यस्तो खपत भने करीव ११ सय मेटि्रक टन पुगेको छ ।

अहिलेको यो इन्धन खपत साविकको तुलनामा अधिकतम रहेको निगम बताउँछ ।

Related News

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • १९ मंसिर २०७४, मंगलवार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • १९ मंसिर २०७४, मंगलवार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको आयोजनामा एक दिवसीय भर्चुअल प्रथम बागमती प्रदेश अधिवेसन आयोजना हुँदै
  • १९ मंसिर २०७४, मंगलवार

यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...

TOP