२ कार्तिक २०७८, मंगलवार
October 19, 2021, Tuesday

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्री माननीय श्री रामबहादुर राना रहनु भएको थियो । त्यसैगरी विशेष अतिथिका रुपमा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल उपस्थित हुनुहुन्थयो । त्यसै गरी कार्यक्रमका प्रमुख आर्कषणको केन्द्रका रुपमा कार्यपत्र प्रस्तोता तथा विशेष अतिथि एवं इतिहासविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, त्यसै गरी मुख्य टिप्पणीकार तथा विशेष अतिथि बरिष्ठ भाषाशास्त्री एवं नेपाल अनुसन्धान प्रतिष्ठान पुर्व प्रमुख प्रा.डा. माधव पोखरेलको उपस्थिती भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले क्याबुङलाई पर्यटकीय साहित्यिक गन्तव्यको रुपमा विकास गर्ने, जनकलाल शर्माको पूर्ण कदको शालिक निर्माण गर्ने तथा स्मृति पुस्तकालय स्थापना गर्नेकार्यको लागि जिल्ला समन्वय समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसै गरी प्रमुख अतिथिको तर्फबाट शुभकामना व्यक्त गर्नुहुदै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री माननीय श्री रामबहादुर रानाले इलाममा जन्मिएर नेपालको साहित्यिक वाङमय विकाशको क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्तित्वको रुपमा जनकलाल शर्मालाई आफूले बुझेको र उहाँको साहित्यिक प्रकाशनलाई आम जनमानसमा पुर्याउन एउटा सामुदायिक पुस्तकालायको स्थापना गर्ने आवश्यकता महशुस गरी उक्त अभियानलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउनु भयो ।
कार्यक्रमका विशेष अतिथि तथा कार्यपत्र प्रस्तोता नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा इतिहासविद डा. जगमान गुरुङले जनकलाल शर्माको साहित्यिक योगदानको ऐतीहासीक चर्चा गर्दै उहाँको जन्मस्थल क्याबुङलाई जनकलाल सर्किटको रुपमा विकास गर्ने, साहित्य संस्कृतिको तिर्थ पर्यटनको रुपमा विकास गर्ने र उहाँका सम्पूर्ण कृतिहरुलाई अंग्रेजी भाषामा अनुवाद गरी विश्वलाई संस्कृतिको पाठ सिकाउने कार्यका लागि नगरपालिका, प्रदेश सरकार पर्यटन विकास बोर्ड साथै नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त पहल कदमी तथा सहयोग रहने कुरामा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यसै गरी कार्यक्रमका विशेष अतिथि तथा मुख्य टिप्पणीकारको रुपमा बरिष्ठ भाषाशास्त्री एवं नेपाल अनुसन्धान प्रतिष्ठानका पुर्व प्रमुख प्रा.डा. माधव पोखरेलले टिप्पणी गर्नुहुदै जनकलाल शर्मा नेपालका आधिकारिक पुरातत्वविद् रहनुभएको जसले मानव सभ्यताका प्रथम मानव रामापिथेकस नेपालको बुटवलमा भेटिएको प्रमाण पेश गर्नुभएको उल्लेख गर्नुभयो । त्यसै गरी भारतका पुर्व राष्ट्रपति डा. राजेन्द्रप्रसादका चेला, राहुल सांस्कृतायनका गहन अध्येता, रेडियो नेपालको पहिलो खोजमुलक कार्यक्रममा प्रस्तोता, योगी नरहरीनाथ तथा महाकवी देवकोटाका समकालिन एक महापुरुष रहेको चर्चा गर्नुभयो । साथै उहाँले क्याबुङलाई एक ऐतिहासिक जनकलाल नगरको रुपमा विकास गर्ने र प्रविधिमा आधारित डिजिटल लाइब्रेरी तयार पार्ने कार्यमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने कुरामा जोड दिदै आफ्नो पूर्ण सहयोग र साथ रहने जानकारी गराउनु भयो । त्यस्तै कार्यक्रममा अर्का अतिथि साहित्यकार कृष्ण अविरलले जनकलाल शर्माप्रति आफ्नो गहिरो अभिरुचि भएकोले आफूले उहाँका ऐतिहासिक दस्तावेज एवं साहित्यिक कृतिहरु विगतदेखि प्रकाशन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर प्रकाशन गर्ने जानकारी दिनुभयो । साथै ऐतिहासिक पुरुष जनकलालको नाममा नेपालटार मंगलबारे सडकखण्डलाई जनकलाल शर्मा मार्गको रुपमा नामाकरण गर्ने प्रस्ताव राख्दै, शर्माको नाममा हुलाक टिकट प्रकाशन गर्न पहलकदमी गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
जनकलाल शर्माका सुपुत्र डा. सुमन ढकालले पिताको सम्झनामा क्याबुङ विकास प्रतिष्ठानले देखाएको उत्साहप्रद कार्यलाई विशेष प्रशंसा तथा धन्यवाद ज्ञापन गर्नुहुदै प्रतिष्ठानको विकास र बृद्धिमा प्रतिष्ठानको नामबाट आफ्नो पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा इकागजको तर्फबाट पत्रकार विमल आचार्य, व्याकरणविद तेजप्रसाद पराजुली, पशुपति क्षेत्र विकास कोष तथा उदयपुर सिमेन्टका बोर्ड सदस्य देवी बराल, सिस्नुपानी नेपालका चक्रपाणी दवाडी, प्रतिष्ठानका कानुनी सल्लाहकार समिप घिमिरे, संस्थाका सल्लाहकार तथा सुचना प्रबिधि संयोजक द्रोण पराजुलीले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव ऋषिकेश पराजुलीले गर्नु भएको थियो । र अन्तमा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति अम्बिका प्रसाद खनालले प्रतिष्ठानका आगामी योजनाहरुमाथि प्रकाश पार्नु भएको थियो । योजनाहरुमा ः कोरोना महामारीको अन्त्यसगै क्याबुङमा बृहत जनकलाल स्मृति साहित्यिक महोत्सब गरिने, जग्गादाताहरु क्रमशः होम प्रसाद दुलाल, तिलचन पोख्रेल, केन्द्र प्रसाद चापागाई मार्फत प्राप्त करिब ३ रोपनी जग्गा संस्थाको नाममा ग्रहण गरी जनकलाल स्मृति भवनको डिपीआर तयार पारी कार्य अगाडि बढाउने जानकारी गराउदै प्रतिष्ठानमा सबै क्याबुङबासी तथा क्याबुङका शुभचिन्तकहरुलाई आबद्ध भई यथासक्य योगदान दिएर क्याबुङको विकासमा सामेल हुन अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा सम्पूर्ण देश विदेशमा छरीएर रहनुभएका क्याबुङबासी तथा शुभचिन्तकहरुको उत्साहजनक उपस्थिति रहनुका साथै सक्रियतापुर्वक सहभागिता रहेको थियो ।

Related News

माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन तथा दिप प्रज्वलन
  • १७ बैशाख २०७८, शुक्रबार

न्यायको लागि शान्तीपूर्ण आवाज तथा दिप प्रज्वलन आज साझ माईतीघर मण्डलामा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा शान्तीपुर्ण आन्दोलन...

तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को महाधिवेसन सम्पन्न – केन्द्रिय​ अध्यक्षमा अच्युत नेपाल​ र​ बागमतिमा बद्रि प्रसाद दाहाल​
  • १७ बैशाख २०७८, शुक्रबार

काठमाडौ – नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को दोस्रो महाधिवेसन काठमाडौमा सम्पन्न भ​एको छ र अच्युत नेपालको नेतृत्वमा ३१ जनाको...

आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
आयुर्वेद उद्योगलाई नयाँ उचाईमा पुर्याउन औषधी व्यवस्था विभाग र आयुर्वेद औषधि उत्पादक संघ बीच बिशेष छलफल
  • १७ बैशाख २०७८, शुक्रबार

 Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...

TOP