संयोजन समितिबाट पार्टी एकताको सहमति अनुमोदन

३ जेष्ठ २०७५, बिहीबार

एमाले–माओवादी पार्टीबीचको  एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले  पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने तयारी भएको बताइएको छ  ।

यसअघि दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीच पार्टी एकता गर्ने समझदारी भएको थियो । समझदारी पछि दुबै पार्टीको छुट्टाछुटै बैठक बसेर एकताको सहमतिलाई अनुमोदन भइसकेको अवस्थामा एकता संयोजन समितिको बैठकले पनि औपचारिकता दिएको हो ।

दुई पार्टीले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन् ।

संयुक्त पार्टीको स्थायी कमिटी ४३ सदस्सीय हुनेछ ।  जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन् ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने छन् जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने छन् ।

k|wfgdGqL lgjf; afn’jf6f/df g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_ kf6L{ Pstf ;+of]hs ;ldltsf] a}7s a:b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;