प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ ।
दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ ।
ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।
रासस
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...