प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्नका लागि बस्ने भनिएको मन्त्रिपरिषदको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार दिउँसो बस्ने गरी तय गरिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
दुई वाम दल र निर्वाचन आयोगले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको विवाद टुंगो लगाउने निर्णय लिन दबाब दिइरहेका बेला मन्त्रिपरिषद बैठक नै स्थगित भएको हो ।
मंगलबार बिहान डाकिएको बैठक अन्य दलहरुसँग सहमति जुटाउने भन्दै अपरान्ह ४ बजेसम्म्का लागि सारेर अन्तिममा स्थगित गरिएको हो ।
प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्ने जस्तो गम्भीर विषयमा अन्य दलहरुसँग सहमति जुटाउन मन्त्रिपरिषद् स्थगित गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रमुख र अस्थायी राजधानीको जारी विवाद राजनीतिक दलहरुसँगग सहमबिाटै टुंग्याउन भन्दै मन्त्रिपरिषद् स्थगित गरिएको एकजना मन्त्रीले बताएका छन् ।
annapurnapost
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...