राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् ।
यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरु र राजवादीले पनि शाहको शालिकमा माल्यार्पण गरेका थिए ।
source: Ratopati
Namaraj Bhatta, Source: Healthnewsnepal काठमाडौं, २१ कार्तिक २०७७ नेपाल औषधि व्यवस्था विभाग र नेपाल आयुर्वेद औषधि उत्पादक संघ (AMPAN) बीच...
यहि श्रावण ३१ गते शनिवार विहान ८ बजेबाट प्राविधिक र सीपमूलक जनशक्ति उत्पादन गर्दै तालिम र रोजगारका क्षेत्रमा दुई दशक...
अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली...